
नेत्र राज आचार्यको जन्म विक्रम संम्बत २०३३÷०१÷०५ गते दैलेख जिल्लाको साविक तोली जैसी गा.वि.स. वडा न.४ जैसी गाउँमा भएको थियो । उनी राम कृष्ण जैसी र मन कुमारी जैसीकी पाँच छोरा मध्येका कान्छो सुपत्र हुन । २०४२ सालमा दैलेखदेखी बर्दिया झरेर हाल ठाकुरबाबा नगरपालिका वडा न.९ ठाकुरद्धारामा वहाको बसाई छ । आचार्यले ईन्टर सम्मको अध्ययन गर्नु भएको छ ।
आचार्यले ४ बर्षको सानै उमेरमा आमा गुमाउनु प¥यो । आमा गुमाए पश्चात दाई भाउजुको काखमा हृर्केको उनी आर्थिक अभावको कारण पढने ईच्छा रहर हुँदाहुँदै पनि ईच्छा अनुसारको शिक्षा पढन पाएनन । २०५२ सालमा ८ महिना भारतको दिल्लीमा श्रम मजदुरी काम गरेका थिए । २०६३ सालदेखी नेकपा माओवादीमा आबद्ध भई पार्टी पि एम, ए सि एम हुदै २०६५÷०६६ मा ठाकुरबाबा गा.बि.स.को पार्टी अध्यक्ष भएर काम गर्नु भयो । २०७० सालमा नेकपा माओवादी जिल्ला कमिटी सदस्य तथा तत्कालिन सुर्य पटुवा गाविसको पार्टी ईन्चार्जको जिम्मेवारी पनि सम्माहाल्नु भएको हो । नेत्र राज आयार्यलाई २०७४ सालको स्थानीय तहको चुनावमा नेकपा माओबादी केन्द्रले ठाकुरबाबा नगरपालिकाको मेयर पदमा उम्मेदवारीमा चुनाव लडदा तत्कालिन नेकपा ऐमालेका मेयर पदका उम्मेदवार घन नारायण श्रेष्ठसंग ११९को झिनो मतले पराजय भोग्नु परेको थियो ।
वहाले २०५५÷०५६ सालमा पृथ्वी प्राथामिक विद्यालय हात्तिसार ठाकुरबाबामा स्वयमंसेवक शिक्षकको रुपमा २ बर्ष काम गर्नु भयो । २०५७ सालमा शिवपुर बन्द्रहवा मध्यवर्ती सामुदायिक वन उपभोक्त समुहको सचिव र दोस्रो कार्यकालमा अध्यक्ष पदमा रहेर १ बर्ष काम गर्नु भयो । २०६५ सालमा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान ठाकुरबाबाको संस्थापक सचिव २०६० सालदेखी २०६५ सालसम्म ठाकुरबाबा उपभोक्त समितिमा कार्यालय साहयकको रुपमा काम गर्नु भयो । २०७० सालमा सोही उपभोक्त समितिको अध्यक्ष पदमा जिम्मेवारी पाए पश्चात उपभोक्ता समुह, सामुदायिक वन र उपभोक्ता समितिहरुको संस्थागत विकास गर्नु भयो । वन्यजन्तुबाट भएका मानविय धन जनको क्षतिमा नेपाल सरकारबाट प्रदान गरिने राहत रकम बृद्धिको निरन्तर पहल गर्नु भयो र बृद्धि गराउन सफल पनि हुनु भयो । वन्यजन्तु पिडित, एकल महिला,नेचर गाईड र चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियानमा संलग्न युवाहरुको आयआर्जनका लागि अक्षय कोषको स्थापना गराउनमा पहल गर्नु भयो । यसै गरी आचार्यले २०६९ सालमा जनपक्षय संविधान निर्माण गर्ने सवलमा र २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदम प्रतिनिधि सभा विघटनको विरुद्धमा जिल्ला र केन्द्र स्तरको विभिन्न आन्दोलनको अगुवाई गर्नु भएको हो । २०७१ सालदेखी बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्ष पदमा दोस्रो कार्यकाल काम गरिरहनु भएको छ । आफना एकाघरका माईला दाजु ओम प्रसाद जैसीलाई हात्तीले कुल्चेर मार्दा पनि संरक्षणको क्षेत्रमा निरन्तर लागि रहने संरक्षण कर्मी तथा संरक्षण प्रेमीको रुपमा आचार्यलाई चिनिन्छ । बर्दिया राष्ट्रिय निंकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीय वासिन्दाहरुको समस्या पहिचान गरी समाधानको लागि मध्यस्ताकर्ताको जिम्मेवारी पुर्ण तरिकाले निभाउदै आउनु भएको छ ।
सबैका प्रिय नेता आचार्यलाई जैविक विविधताको संरक्षणमा लागिरहदा बर्दिया राष्ट्रिय निकुञ्जा तथा वन्यजन्तु संरक्षण विभागले २०७५ र २०७६ सालमा सम्मान गरेको छ । सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गरीमामय अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वाचित हुनु भएकोमा बधाई तथा शुभ कामना दिदै सम्मान गरेको छ । वहालाई सामाजिक क्षेत्रमा काम गरिरहदा विभिन्न संघ सस्थाहरुले पनि मुल्याङ्कन गरी सम्मान गरेको पाईन्छ । आचार्य हाल संवाद समुह बर्दियाको सदस्य साथै लुम्बिनी प्रदेश संवाद समुहको सदस्य पनि हुनुहुन्छ । ठाकुरबाबा नगरपालिका क्षेत्रका भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणको क्षेत्रमा निरन्तर निस्वार्थ रुपमा खटिरहने, सरल स्वाभावका धनी, बोली वचन र काममा प्रतिबद्ध, सबैको प्रिय नेता नेत्र राज आचार्यलाई ठाकुरबाबा नगरबासीहरुले गरेको अपार माया, विश्वास र मागको आधारमा नेकपा माओवादी केन्द्रले पुनः मेयर पद उम्मेदवारीको लागि अघि सारेको छ ।