स्थानीय

गेरुवाबासीहरुलाई सुखी समृद्धि बनाउने सपना बोकेका विश्व बहादुर थारु(क.शिसिर)

जीवनी

 

विश्व बहादुर थारु (शिसिर) को जन्म बिक्रम सम्बत २०३८÷१०÷१८ गतेका दिन बर्दिया साविक पाताभार गाविस वडा न.१ मा भएको थियो । बाबु जुहारी लाल थारु र आमा लरैनी थारुकी जेठो सुपुत्र हुन । उनले एसएलसी सम्मको अध्ययन गरेकाछन ।२०५४ सालदेखी नेकपा माओवादीमा आबद्ध हुदै वाईसिएलको गाउँ ईकाई कमिटीका उपाध्यक्ष रहेका विश्व जन आहवान संस्कृतिक परिवार संघको पनि सदस्य थिए । २०५४ चैत्र महिनामा भूमिगत भएका उनी सैन्य टुकडी ईस्क्ईटको सदस्य भए । २०५५ पुसबाट ११ गाविस कैलाली ऐरिया कमिटी सदस्य रहे । भुमिगत भए पश्चात वहाले समुदायमा संगठन बनाउने, स्थानीय शोषक तथा फटाहाहरुलाई जन कारवाही गर्ने, जनमुक्ती सेनाहरुको लागि व्यवस्थापन गर्ने लगाएतका काम गर्दै आए ।२०५९ भदौमा नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य भए । २०६१ सालमा सेती महाकाली क्षेत्रिय व्युरो स्वास्थ्य विभागको सेक्रेटरीको जिम्मेवारी सम्हाले । २०६३ असारमा शान्ति प्रक्रियामा आईसकेपछि आफ्नै बर्दियामा आएर जिल्ला सचिवलय सदस्यमा रहे । सोही बर्षदेखी थारु राष्ट्रिय मुक्ती मोर्चाको केन्द्रिय सदस्य रहेर काम गरे । २०६४ सालमा शान्ति प्रक्रियामा आएपछि शहिद परिवार समाजको केन्द्रिय सदस्य रहेर एक कार्यकाल काम गरे ।विश्वको श्रीमती आसी चौधरी (क.सिमा) को ५ महिनाको गर्भ अवस्थामा रहदा २०५५ साल पौष ७ गते साविक नयाँ गाउँ गाविसमा नेपाल प्रहरीले समातेर गोली हानी मारेका थिए । २०५९ सालमा आफ्नै साली सिता कुमारी चौधरीसंग बिवाहा भयो । २०६१ साल पौष २१ गते कैलाली वनखेतमा नेपाली सेनाले वहाको आर्की श्रीमती सितालाई पनि घेरा हालेर मारेको उनको भनाई छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचन लडेका विश्व बहादुर थारु (शिसिर)ले नेपाली काँग्रेशका अध्यक्ष पदका उम्मेदवार जमान सिह के.सी संग ५ हजार १ सय ५८ प्राप्त मत मध्ये ८४५ मतको फरकले पराजय भोग्नु परेको थियो ।

बुबा काका सबै आर्कै जिमिन्दारहरुको कमैया बसेर काम गरेको सामान्य परिवारमा जन्मेर हुर्केका विश्वले दुई दुईवटा श्रीमती नेपाल प्रहरी र नेपाली आर्मीबाट मारिएता पनि १ जना परिवारबाट मात्र राहात लिएर असल नागरिक तथा ईमानदारिताको पहिचान दिएका थिए । शहिद परिवारलाई राज्यले दिएको राहत रकमबाट २०७६ सालमा ९ कठ्ठा १५ धुर जग्गा किनेकाछन । २०६७ सालमा मधुवन नगरपालिका प्रगती बजारबाट बिवाहा गरेका विश्वको अहिले ६ बर्षको १ छोरी छ ।
द्धन्द्धपिडित समिति बर्दियाले २०६६ सालमा द्धन्द्ध प्रभावित परिवारजन भनेर विश्वलाई सम्मान गरेको थियो । हाल विश्व अखिल नेपाल किसान महासंघको केन्द्रिय सचिवलय सदस्य रहेर काम गरिरहेका छन । लुम्बिनी प्रदेश कमिटीको सदस्य छन । गेरुवाबासीलाई सुखी समृद्धि बनाउने अठोट सपना बोकेर उनी निरन्तर लागिरहेकाछन । भने यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएकाछन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button