
आशा कुमारी थारुको जन्म २०४४÷०७÷१२ गते बर्दियाको साविक बगनाहा हाल ठाकुरबाबा नगरपालिका वडा न.१ डुम्रेनी गाउँमा भएको हो । उनी कृष्ण बहादुर थारु र आमा झुथ्री थारुकी दोस्रो सन्तान हुन । निम्न परिवारमा जन्मे हुर्केकी आशाले सामान्य लेखपढ गरेकीछिन ।
आशा आफु पनि गरिब परिवारमा हुर्केकी र सर्वहारा वर्गको मुक्तीको लागि २०६२ सालदेखी जनमुक्ती सेनामा लागेकी हुन । २०६२ सालको मंसिर महिनामा घरबाट निस्केर बर्दियाकै तारातालमा माओवादी सेनाको छैठो डिभिजन पिली स्मृति ब्रिगेडको कार्यालयमा गई एक हप्ता तालिम गरेपछि सुर्खेत क्यान्टनमेन क्याम्पमा बसे । सेनामा हुदा सेना सम्बन्धि तालिमहरु गर्ने, हतियार कोर्स पढने र सुचना संञ्चार पु¥याउने काम गर्नु भयो । आशाले ३ बर्ष जनमुक्ती सेनामा काम गरे । सेना समायोजन पछि अयोग्य सेना तथा बहिरगमन लिएर आएकाहुन । संगठनमा रहदा आशाले थुप्रै संघर्ष गरे । २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा जिल्ला स्तरको आन्दोलन र महिला हिंसा विरुद्धको विभिन्न आन्दोलनमा पनि सहभागी भए ।
आशाका श्रीमान मित्रलाल थारु पनि जनमुक्ती सेनामा थिए । श्रीमानले सेनाबाट अवकाश लिएर आउदा प्राप्त रकमले आशाका मामा नातासंग सहुलियत रकम दिएर ५ कठ्ठा जमिन किनेकाछन । जमिनको नाममा त्यही ५ कठ्ठा मात्र छ । उनी खेतीपाती गर्नमा पनि माहिर छिन । गदौली कृषक समुहले आलु खेती कृषि पेशामा १ न.वडामै उत्कृष्ट आलु खेती गरेको भनी सम्मान गरेको हो । आशा नेकपा माओवादी केन्द्र वडा न.१ को टोल कमिटी सदस्य हुदै हाल नेकपा माओवादी केन्द्र ठाकुरबाबा नगर कमिटी सदस्य छिन । सामान्य परिवारमा जन्मेर हुर्केकी एउटा महिला ठाकुरबाबा नगरपालिकाको विकासको सपना बोकेकी,साहासिक आँट र हिम्मत भएकी आशा कुमारी थारुलाई नेकपा(माओवादी केन्द्र) ठाकुरबाबा नगर कमिटीले मुल्याङ्कन गर्दै ठाकुरबाबा नगरपालिकाको उपमेयर पदको लागि अघि सारेको छ ।