स्थानीय

सामाजिक अभियान्ता हिमालय त्रिपाठी

जीवनी

 


समाजसेवी हिमालय त्रिपाठीको जन्म बिक्रम सम्बत २०३२÷१०÷०५ गतेका दिन बर्दिया साविक मैनापोखर गाविस वडा न.४ राजपुरमा भएको हो । बुबा नारायण शरण त्रिपाठी र आमा खगेश्वरी त्रिपाठीकी नवौं सन्तान मध्येका काईला सुपुत्र हुन । वहा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज बाँकेबाट विविएस सम्मको अध्ययन गरेका हुन ।
त्रिपाठी २०५६ सालदेखी नेकपा (माओवादी केन्द्र)को पार्टी पिएम रहदै २०७० सालमा जिल्ला कमिटी सदस्यको जिम्मेवारी लिए । २०५६ सालदेखी मैनापोखर साझा सहकारी संस्थाको विभिन्न जिम्मेवारीमा रहदै २०७८ चैत्र सम्म अध्यक्ष पदमा रहेर काम गरे । २०६४ सालमा उधोग वाणिज्य महासंघको सचिव, महासचिव, दोस्रो उपाध्यक्ष जिम्मेवारी पनि सम्हाले । २०६५ सालमा नेपाल राष्ट्रिय व्यापार संगठनको क्षेत्रिय सदस्य भए । २०६९ सालमा जनपक्षय संविधान निर्माण गर्ने सवलमा र २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदम प्रतिनिधि सभा विघटनको विरुद्धमा लगाएत यस्ता जिल्ला र केन्द्र स्तरको विभिन्न आन्दोलनको अगुवाई गर्नु भएको छ । कोभिड–१९को बेला बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकाका निम्न वर्गिय समुदायका परिवारलाई व्याक्तीगत रुपमा १६२ क्युन्टल खाध्यन्न बितरण र यसै गरी बढैयाताल गाउँपालिकाका निम्न स्तरका ४० घरपरिवारलाई ५ हजारका दरले र क्यान्सर पिडित र मृर्गौला पिडितहरुलाई ५ हजारका दरले आर्थिक सहयोग गरी जम्मा रु. ११ लाख बराबरको आर्थिक सहयोग गरेका थिए । त्रिपाठीले पछिल्ला समयमा दिन दुखी,असाहाय, गरिब परिवारजनलाई आर्थिक, सामाजिक रुपमा सहयोग गरी वहाहरुको मन मुटुमा बस्न सफल भएकाछन ।
त्रिपाठी, लाईन्स क्लव बढैयाताल गाउँपालिकाको उपाध्यक्ष हुदै हाल अध्यक्षमा काम गरिरहेकाछन । नेकपा (माओवादी केन्द्र) बढैयाताल गाउँपालिका सचिवलय सदस्य पनि हुन । वहा विभिन्न सामाजिक क्षेत्रमा रहेर पनि काम गरिरहनु भएको छ । यसरी सामाजिक क्षेत्रमा काम गरिरहदा विभिन्न संघ सस्थाहरुले पनि मुल्याङ्कन गरी वहालाई सम्मान गरेको पाईन्छ । बढैयातालबासीलाई सुखी समृद्धि बनाउने अठोट सपना बोकी निरन्तर सामाजिक सेवामा लागिरहेकाछन । त्रिपाठीले गरेको समाजप्रतीको लगाव तथा सहयोग र बढैयातालबासीहरुले वहा प्रति गरेको अपार माया, विश्वासको आधारमा नेकपा (माओवादी केन्द्र)बढैयातालले हिमालय त्रिपाठीलाई ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बढैयाताल गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारीमा अघि सारेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button