स्थानीय

दुश्साहश गरेको भन्दै ध्यानकार्षण–पत्र

होमेन्द्र थापा

बर्दिया नागरिक समाज संजाल गुलरियाका संयोजक हिमा सुनारले बर्दिया नागरिक समाज संजालका कुनै पनि सदस्य नभएका व्याक्तिहरुले संजाल गठन गर्ने जस्ता दुश्साहश पुर्ण कार्य गरेको भन्दै ध्यानकार्षण पत्रद्धारा सजग रहन आग्रह गर्नु भएको छ ।

२०७९ बैशाख २६ गतेका दिन संयोजक हिमा सुनारको हस्ताक्षरित ध्यानकार्षण पत्रमा संजालका कुनै पनि सदस्यहरुलाई जानकारी नै नदिई एकलौटी रुपमा ५ जनाको संजाल गठन गरेको भन्दै आपत्ती जाहेर गरेको हो ।
नागरिक समाज संजालका निवर्तमान संयोजक बालकृष्ण ओली आशन्न स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजवादीका तर्फबाट गुलरिया नगरपालिकामा मेयर पदको उम्मेदवार हुने चाहाना राख्नु भएको थियो । चाहाना पश्चात ओलीले २०७९ बैशाख १० गते संजालको बैठक राखी संजालमा अब उप्रन्त आफु नरहने भनी प्रस्ताव राख्दा संजालका सह–संयोजक हिमा सुनारलाई सर्व सहमतीबाट संयोजकको जिम्मेवारी दिईएको थियो । मलाई जिम्मेवारी दिईएको बिषयको बारेमा जानकारी हुँदाहुदै जो महिलाको नेतृत्व स्विकार गर्न नसक्ने, पुरुषवादी मानसिक्ता र चिन्तनबाट ग्रस्त केही व्याक्तीहरुले यो दुश्साहश गरेको भन्दै सुनारले गुनासो गर्नु भएको छ ।


बर्दिया नागरिक समाज संजालमा सदस्य नै नभएका केही व्याक्तीहरु २०७९ बैशाख २५ गते बसी संयोजक मणी शर्मा, सह संयोजक अयोद्ध प्रसाद श्रीवास्तव, सचिव लक्ष्मण घिमिरे, सदस्य सिवा शर्मा, श्री कृष्ण थारु समेत ५ सदस्सीय संजाल गठन गरेको भन्ने समाचारमा बर्दिया नागरिक समाज संजालले ध्यानकर्षण गरेको छ ।
विगतका समयमा बर्दिया नगरिक समाज संजालको कुनै पनि पदिय दायित्व नभएका अमुख व्याक्तीहरुबाट संजाल गठन गरेको समाचार प्रति ध्यानकार्षण गर्दै संजाललाई धमिल्याउन खोज्ने, फुटाउन खोज्ने व्याक्तीहरु प्रति बर्दिया नागरिक समाज संजालका सम्पुर्ण सदस्यहरुलाई सजग रहन ध्यानकार्षण पत्रमा उल्लेख छ । बर्दियामा विगत लामो समयदेखी नागरिक समाज संजाल गठन भई नागरिकहरुका समस्या र मुद्दाहरुमा वकालत गर्दैआईरहेको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button