पार्टीलाई मजबुत बनाउनु पर्छ, मजबुत बनाउने तर्फ लाग्छौं
मुक्तिनाथ यादव ः नगर प्रमुखमा विजयी उम्मेदवार

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाका नव निर्वाचित नगर प्रमुख मुक्तिनाथ यादवले पार्टीलाई मजबुत बनाउनु पर्छ, भन्दै मजबुत बनाउने तर्फ लाग्ने कुरा बताउनु भएको छ ।
बुधवार चुनाव जिते पश्चात गुलरियामा निकालीएको विजय ¥यालीको कोण सभालाई सम्बोधन गर्दै यादवले सो कुरा बताउनु भएको हो । गुलरिया नगरपालिकामा नेपाली काँगे्रशबाट मेयर पदमा उम्मेदवारी दिनु भएका मुक्तिनाथ यादव र उप मेयर पदमा उम्मेदवारी दिनु भएकी सावित्रा गौतम दुबैले मेयर र उपमेयरको पदमा विजयी भएपछि निकालीएको विजय ¥यालीको कोणसभालाई सम्बोधन गर्दै पार्टी मजबुत बनाउने कुरालाई यादवले जोड दिनु भएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बर्दियामा एउटा मात्र पालिका गुलरियामा नेपाली काँगे्रशको नेतृत्वमा रहेको र अहिले २०७९ को निर्वाचनमा बर्दियाको ५ वटा पालिकामा नेपाली काँगे्रशको नेतृत्वमा स्थानीय सरकार बनेको हुदा नेपाली काँगे्रशमा आबद्ध कार्यकर्ता, शुभ चिन्तक र सहयोगीहरुलाई धन्यवाद दिदै कार्यकर्ताहरुले गाउँ गाउँमा, टोल टोलमा खेलेको सकारात्मक भुमिकाको कारण देशैभर नेपाली काँग्रेशको नेतृत्वमा स्थानीय सरकार बनेको कुरा बताउनु भयो ।
गुलरिया नगरपालिकाको मेयर पदमा नेपाली काँगे्रशका उम्मेदवार मुक्तिनाथ यादवले ७ हजार ९ सय ८९ मत ल्याई विजयी भई पुनः गुलरिया नगरपालिकाको मेयर पदमा दोहोरिनु भएको छ । प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८ सय ११ मत ल्याउनु भएको थियो । यसै गरी उपमेयरमा नेपाली काँग्रेशकी सावित्रा गौतमले ८ हजार २ सय ७ मत ल्याएर विजयी हुनु भयो भने प्रतिस्पर्धी नेकपा ऐमालेका टिका सम्सेलीले ७ हजार ४ सय ६२ मत ल्याउनु भएको थियो । उक्त विजय ¥यालीमा गुलरिया नगरपालिका स्थित विभिन्न वडा, बस्ति र टोलबाट सयौंको सख्यामा कार्यकर्ता, शुभचिन्तक र सहयोगीहरुको सहभागीता रहेको थियो ।