स्थानीय

बाघ अनुगमन गर्न राखिएको क्यामेरा उद्घाटन गर्दै: मधुवन नगर प्रमुख : भाट

हरि गुरुङ्ग
मधुवन। बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको खाता जैविक मार्गमा पाटे बाघको संख्या र आहारा प्रजाती संख्या पत्ता लगाउन राखिएको क्यामेरा मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट र उप-मेयरले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ।

तराई भु-परिधी कार्यक्रम (TAL) कोहलपुर बाँकेको आर्थिक सहयोगमा बाघ अनुगमन हुदैछ।

यो अनुगमन ४५ दिनसम्म रहनेछ। बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बार्‍हबर्दिया नगरपालिका र मध्यवर्ती क्षेत्रमा समेत अनुगमन गरिनेछ। ४२ बटा ग्रीडमा ४२ जोडा स्वचालित क्यमेरा राखेर अनुगमन गरिनेछ। अनुगमन कार्यमा ८ जना स्थानीय नागरिक बैज्ञानिक र २ जना डिभिजन वन कार्यालय बर्दियाका कर्मचारी सहित १० जना खटिएका छ्न।

मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले भन्नू भयो हामीलाई सबै चाहिन्छ। वन बन्यजन्तु र मानव सबै जना आ-आफ्नो ठाउँमा सुरक्षित रहनुपर्छ । बन्यजन्तुको पनि बाँच्ने अधिकार हुन्छ र संरक्षण भन्ने कुरा आफ्नो मनबाट नै आफै जगाउनु पर्छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button