संघ र प्रदेशको निर्वाचन आगामी मंसिरमै हुने, द्धिविधामा नपर्न सुभाव

बर्दिया, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संघ र प्रदेशको निर्वाचन आगामी मंसिरमै हुने भएकोले द्धिविधामा नपर्न सुभाव दिनु भएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बर्दियाले सोमवार बारबर्दिया नगरपालिकाको वेलभारमा आयोजना गरेको वैचारिक तथा राजनितिक प्रशिक्षणमा सम्बोधन गर्न आएका अध्यक्ष दाहालले प्रेस सेन्टर नेपाल बर्दियाको आयोजना तथा पे्रस सेन्टर नेपाल,बर्दियाका संस्थापक अध्यक्ष मेघराज सिग्देलको अध्यक्षतामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
संघ, प्रदेसको निर्वाचन सम्वन्धमा गठवन्धन र प्रतिपक्षसँग छलफल भइसकेकाले मंसिरको पहिलो हप्तामा निर्वाचन हुनेमा विश्वास्त रहन आग्रहा गर्नु भयो । सरकार संघ र प्रदेसको निर्वाचनको तयारीमा जुटिसकेकाले आगामी निर्वाचन पनि सफलतापूर्वक सम्पन्न हुने कुराको ठोकुवा गर्नु भयो । अबको दुवै निर्वाचनपछि नयाँ बन्ने सरकारले देशलाई विकासको बाटोमा लैजान मद्दत पुग्ने बताउनु भयो ।
बर्दियामा पार्टीले ब्यहोरेको स्थानीय तहको परिणामको कमजोरी पत्ता लगाउँदै आगामी दिनमा निराकण गर्न कस्तो योजना बनाउनुपर्छ भनी सोच्न आफू बर्दिया आएको प्रष्ट्याए। निर्वाचनका सन्दर्भमा अरुलाई दोष दिनुभन्दा पार्टीभित्रको कमजोरी पत्ता लगाउन आवस्यक रहेको बताउँदै निर्वाचनका बेला एकीकृत, केन्द्रीकृत भएर जान नसक्नु अनपेक्षित नतिजाको कारण भएको भन्दै कम्जोरी स्विकार्नु भयो ।
स्थानीय तहको निर्वाचनका क्रममा बर्दियामा अनपेक्षित परिणाम ल्याएकोले संघ र प्रदेसको निर्वाचनमा क्षतिपूर्तिसहितको जित हासिल गर्नुपर्ने अध्यक्ष प्रचण्डले आँट गर्नु भएको छ । जिल्लामा ५ वटा पालिका जित्ने आँकलन हुँदाहुँदै पनि दोस्रो पार्टीका रुपमा समेटिनु पार्टीभित्रको त्रुटि भएकाले पराजयको समीक्षा प्रक्रिया अघी बढेको बताउनु भयो ।
उम्मेदवार चयनका सम्बन्धमा वा पार्टीलाई एकताबद्ध गर्ने सन्दर्भमा कहीँ न कहीँ त्रुटि भएको स्वीकादै, विगतको समीक्षा गर्दै आगामी दिनमा क्षतिपूर्तिसहित अगाडि बढ्नुपर्ने र संघ र प्रदेसमा माओवादीले क्षतिपूर्तिसहितको जित हासिल गर्नुपर्नेमा वहाले जोड दिनु भयो ।
उक्त दिन जनयुद्धका बेपत्ता, शहिद परिवारसँग पनि अध्यक्ष दाहालले भेट गर्नु भएको थियोे । उनीहरुले परिपुरणसहितको न्यायको मागगर्दै ज्ञापन पत्र पनि बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै उनले सम्पूर्ण शहिदहरुलाई आफू प्रधानमन्त्री हुने बखत शहिद घोषणा गरेको तर कर्मचारीको लापरबाहीले राजपत्रमा नछापिँदा समस्या परेको जानकारी गराउनु भयो ।