
बर्दिया, सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरियाको भवन निर्माण कार्यमा सहयोग गर्ने गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले मौखिक प्रतिबद्धता गर्नु भएको छ ।
गुलरिया नगरपालिका वडा न.६ बिधुत टोल स्थित शुक्रवार उक्त सहकारीको भवन एक धार्मिक अनुष्ठानका बिच शिलान्यास गर्दै नगर प्रमुख यादवले प्रतिबद्धता जनाउनु भएको हो । भवन शिलान्यास पछि बोल्दै प्रमुख अतिथी यादवले सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गरेको कार्यको सरहना गर्नु भएको थियो । सहकारीले नगरको विकासमा पु¥याएको योगदान अविष्मरणीय रहेकोले भवन निर्माणका बेला आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न नगरपालिका तयार रहेको वहाँको भनाई छ ।
उक्त सहकारीको भवन निर्माणको लागि ४५ लाख रुपैया अनुमानित लागत रहेको सहकारीका अध्यक्ष ईन्दिरा सुबेदीले बताउनु भयो । लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयको १५ लाख रुपैया अनुदान सहकारीको १५ लाख रुपैया भवन निर्माणमा लगानी गरेको अध्यक्ष सुबेदीको भनाई छ । विधिवत रुपमा गरिएको शिलान्यास कार्यक्रममा विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायत सहकारीका पदाधिकारीहरु र सहकारीका सदस्यहरुको पनि सहभागीता रहेको थियो । भने उक्त सहकारी २०५८ सालमा स्थापना भएको हो ।