
बर्दिया, मधुवन नगरपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने प्रमुख लक्ष्य रहेको नगर प्रमुख तेज बहादुर भाटले बताउनु भयो ।
मधुवन नगरपालिकाको दशौं नगर सभामा विहीवार सम्बोधन गर्दै नगर प्रमुख भाटले २०७९÷ ०८० को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउदै मधुवन नगरबासीहरुलाई सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा समृद्ध बनाउने प्रमुख लक्ष्य रहेको कुरा बताउनु भएको हो । साथै वहाँले स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो बहुम्ुल्य मत प्रदान गरी आफुलाई नगरको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गर्ने सम्पुर्णमा हार्दिक आभार व्याक्त पनि गर्नु भएको थियो ।
आफ्नो पालिकामा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन स्थानिय, प्रदेश र संघिय सरकारको सहकार्यमा नगरपालिकाको दिगो कृषि विकास गर्नको लागि खाद्यान्न, दलहन तेलहन, आलु तरकारी तथा मसला बालीको उत्पादन क्षेत्र पहिचान गरी कृषक समुह, सहकारी, नीजि क्षेत्र संगको सहकार्यमा पकेट ब्लक विकास कार्यक्रम संचालनलाई निरन्तरता दिने । कृषि प्रसार तथा प्रविधि विस्तारका लागि कृषकको खेतिबारी सम्म सहज पहुँच गर्ने उद्देश्यका साथ सबै वडाहरुमा निशुल्क प्राविधिक सेवा प्रदान गर्ने । पढेर भन्दा अरुले गरेको असल कृषि अभ्यास अनुसार गर्न कृषि कार्यमा लगनशिल भई कृषि कर्म गर्दै आईरहेका कृषकहरुलाई कृषि अवलोकन भ्रमण लैजाने व्यवस्था मिलाउने । नगरपालिका भित्र कृषि पेशा गरिरहेका कृषकहरुको पहिचानका लागि किसान परिचय पत्र मार्फत राज्यबाट प्रदान गरिने सेवा सुविधा पारदर्शी र भरपर्दो बनाउन किसान सुचिकरण कार्यक्रमलाई प्रभावकारी बनाई निरन्तरता दिदै लाने । किसानको क्षमता अभिवृद्धि गर्न नगर नमुना गाउँ कृषि विकास कार्यक्रमलाई निरन्तरता दिने । वागवानी विकास कार्यक्रम अन्तरगत मौषमी तथा बेमौषमी तरकारी ÷फलफुल बगैचा विस्तारका लागि कृषकहरुलाई सहुलियतमा गुणस्तरिय बिउ तथा बेर्ना उपलब्ध गराउने । माटोको उर्वरा शक्ति कायम राख्न माटो परिक्षण ल्याव सेवा प्रत्येक वडामा संचालन गर्ने । जग्गा खन्डिकरण रोक्न सरोकारवाला निकाय संग समन्वय गर्ने । युवा उद्यमीलाई कृषि क्षेत्रमा आकार्षित गर्न बाली विमा कार्यक्रममा कृषकको पहुचमा बृद्धि गरिदै लाने । कृषि जन्य बस्तुको क्षति न्युनिकरण गर्न किसानहरुलाई पोष्टहाभेष्ट, प्रशोधन तथा बजारीकरणमा तालिम संगै सामग्री वितरणमा जोड दिने लगाएतका कृषि नीति नगर प्रमुख भाटले प्रस्तुत गर्नु भएको थियो ।
स्थानीय सरकार संचालन ऐन, २०७४ नगर कार्यपालिका ( कार्यविभाजन) नियमावली २०७४ नगर कार्य सम्पादन नियमावली २०७४ मा गरिएको व्यवस्था अनुसार सहभागिता मुलक ढंगबाट उक्त पालिकाको नीति तथा कार्यक्रम पेश गरेको र योजना तर्जुमाका क्रममा मधुवन नगरपालिका भित्रका बिषयगत शाखा तथा निर्वाचित प्रतिनिधि, बुद्धिजिवि र हरेक क्षेत्रमा सरोकार राख्ने महानुभावहरुको राय सुझाव एवमं चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटको कार्य योजनाबाट प्राप्त उपलब्धिका आधारमा आ.ब. २०७९÷०८० को नीति तथा कार्यक्रम तयार पारि प्रस्तुत गरिएको नगर प्रमुख भाटले बताउनु भयो ।
कार्यक्रममा मधुवन नगर उपप्रमुख अनिता चौधरी, वडाका वडा अध्यक्षज्युहरु, नगरकार्यपालिकाका सदस्यज्युहरु, वडा सदस्यज्युहरु, पत्रकार र राष्ट्रसेवक कर्मचारीहरुको सहभागीता रहेको थियो ।