स्थानीय

गुलरिया नगरपालिकाको आठौं नगरसभा सम्पन्न

होमेन्द्र थापा

बर्दिया, विकास समृद्धि र संरक्षण, हाम्रो प्रतिवद्धता हाम्रो अभियान भन्ने मुल नाराका साथ गुलरिया नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ । पालिकाको आठौं नगरसभामा शुक्रवार नगर प्रमुख मुक्तिनाथ यादवले प्रस्तावित विषयगत नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।

कृषि, घरेलु, उधम, पशुपालन व्यवसायमा जोड दिई आयमुलक रोजगारीका अवसर सिर्जना गर्दै गरिवी न्युनिकरण गर्ने गुलरिया नगरपालिकाले लक्ष्य लिएको नगर प्रमुख यादवले बताउनु भयो । कोभिड–१९ लगाएत प्राकृतिक प्रकोपबाट रोजगारी गुमाएका नगरका स्थानीयलाई रोजगारी सिर्जना गरी स्वरोजगार बनाउने नीति लिईएको पनि यादवले जानकारी गराउनृु भयो ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाका अनुसार आन्तरिक, प्रदेश र संघिय सरकारको बजेटबाट आय अनुमान गरी बार्षिक बजेट सुनिश्चित गरेको जानकारी दिदै पालिकाले वितरणमुखी कार्यक्रमहरुलाई निरुत्साहित गर्दै उत्पादनमुखी बनाउने तर्फ जोड दिएको अधिकृत देवकोटाले बताउनु भयो ।


यसै गरी नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ अनुरुप आगामी बजेटको आय व्यय प्रस्तुत गर्दै गुलरिया नगरपालिकाले चालु आवको भन्दा बढी बजेट प्रक्षेपण गरेको कुरा बताउनु भयो । आगामी बर्षका लागि रु.१ अर्ब ५ करोड अनुमानित बजेट पेस गरेको उपप्रमुख गौतमले जानकारी दिनु भयो ।
ज्ञ। स्थानीय सरकार संचालन ऐन, २०७४ नगर कार्यपालिका ( कार्यविभाजन) नियमावली २०७४ नगर कार्य सम्पादन नियमावली २०७४ मा गरिएको व्यवस्था अनुसार सहभागिता मुलक ढंगबाट उक्त पालिकाको नीति तथा कार्यक्रम पेश गरेको र चालु आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटको कार्य योजनाबाट प्राप्त उपलब्धिका आधारमा आ.ब. २०७९÷०८० को नीति तथा कार्यक्रम तयार पारि प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताउनु भयो । कार्यक्रममा गुलरिया नगर उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा, वडाका वडा अध्यक्षज्युहरु, नगरकार्यपालिकाका सदस्यज्युहरु, वडा सदस्यज्युहरु, पत्रकार र गुलरिया नगरपालिकाका राष्ट्रसेवक कर्मचारीहरुको सहभागीता रहेको थियो । भने उक्त आठौं नगरसभालाई संचालन कपिल घिमिरेले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button