स्वास्थ्य

बिबाह गर्दा कुन्डली मिलाउनु नै सिकलसेल रोकथामका मुख्य उपाय

होमेन्द्र थापा

बर्दिया, सिकलसेल रोग वंशाणुगत रोग भएकोले कसैले पनि विवाहा गर्दा सिकलसेल परिक्षण गरेर मात्र रोगी रोगी विच विवाहा नगर्नु नै मुख्य रोगथामका उपाय रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले सनीवार संचारकर्मीहरुलाई सिकलसेल तथा थालेसेमिया रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा थारु समुदायका युवाहरुले रगत जाँच गरेर सिकलसेल थालेसेमिया कुन्डली मिलाएर विवाहा गरेमा जन्मिएका सन्तानहरुमा रोग देखा नपर्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भएको हो ।


यसै गरी सिकलसेल एनिमिया १२० दिन सम्म बाँच्ने सामान्य रातो रक्तकोषहरु हसिया कोषमा परिणत भई १५ दिनदेखी २० दिन सम्म रक्त संचारमा रहि नष्ट हुदा शरिरमा रगतको कमी हुन जान्छ जसलाई सिकलसेल एनिमिया भनिन्छ । बाबाआमा दुबैबाट सिकलसेलको जीन बच्चमा स¥यो भने रोगी भनिन्छ ।
पटक पटक शरिर दुख्नु, हडडी र जोर्नी दुख्नु, पटक पटक जण्डीस हुनु, रक्त अल्पता हुनु र बारम्बार ज्वरो आउने यसको लक्ष्णहरु हुन । पश्चिम नेपालमा २० प्रतिशतको हाराहारीमा सिकलसेल रोगीहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण गोपाल चौधरीले बताउनु भएको छ ।
बाँके जिल्लाको भेरी अस्पतालमा उपचार गराउने विरामी मध्ये बर्दिया जिल्लाका ५ सय ६१ जना, दाङ्गका ३ सय, कैलालीका १ सय, बाँके जिल्लाका १ सय १८ जना र सुर्खेत जिल्लाका ३१ जना रहेकाछन । त्यसै गरी बर्दिया जिल्लामा स्वास्थ्य कार्यालय बर्दियाले १ हजार ९ सय ९२ जनामा गरेको स्क्रिनिङ्ग जाँचमा ११ प्रतिशत सिकलसेल थालेसेमिया ४ प्रतिशतले फेला परेको छ ।


स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार जिल्लाको सबैभन्दा बढी सिकलसेल राजापुर नगरपालिकामा फेलापरेको छ । राजापुर नगरपालिकामा ५ सय ५ जनामा रगत जाँच गर्दा ८० जनालाई १६ प्रतिशतलाई सिकलसेल फेला परेको छ । फेला परेको मध्य ११ जना विरामी फेला परेकाछन । त्यसैगरी गेरुवा गाउँ पालिकामा ३ सय ४४ जनामा रगत जाँच गरेकोमा १४ प्रतिशत सिकलसेल फेला परेको छ । त्यसै गरी बाँसगढी नगर पालिकामा २ सय २५ जनामध्ये १३ प्रतिशतमा सिकलसेल फेलापरेको छ । मधुवन नगर पालिका र बढैयाताल गाउँ पालिकामा १० प्रतिशत र ठाकुरबाबा नगर पालिकामा ८ प्रतिशत फेला परेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
गुलरिया नगर पालिकामा १ सय जना मधेशी समुदायको रगत जाँच गर्दा सिकलसेल फेला परेन भने ४ जनामा थालेसेमिया फेला परेको छ । भने बारबर्दिया नगर पालिकामा २ सय जना पहाडी समुदायको रगत जाँच गर्दा सिकलसेल र थालेसेमिया फेला परेन । यस अघि बारबर्दियाले नगर पालिकाले थारु समुदायका १ देखी २९ बर्ष उमेर समुहका २० हजार थारु युवा तथा बालबालिकाहरुलाई जाँच गर्दा ११.३ प्रतिशत फेला परेको थियो ।
मलेरिया हुने र लामखुट्टे पाईने स्थानमा यो रोग देखापरेको बताउनु भयो । वंशाणुगत रोग रहेकोले विवाहा गर्ने रोगी रोगी विच विवाहा नगर्ने जो कसैले पनि विवाहा गर्दा सिकलसेल परिक्षण गरेर मात्र गर्न विवाहाको साईत मिलाउदा सिकलसेल थालेसेमिया कुन्डली मिलाउने लगाएतका विषयमा जानकारी गराईरहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण गोपाल चौधरीले बताउनु भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button