
बर्दियामा मानव वन्यजन्तु द्धन्द बढदो क्रममा रहेको हुदा द्धन्द व्यवस्थापनको लागि निरन्तर पहल भईरहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा विहिवार गुलरियामा गरिएको मानव वन्यजन्तु द्धन्द व्यवस्थापनको लागी संचारकर्मीहरुसंगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत प्रविन विडारीले बर्दियामा मानव वन्यजन्तु द्धन्द बढदो क्रममा रहेको र द्धन्द व्यवस्थापनको लागि पनि निरन्तर पहलहरु भईरहेकोे बताउनु भयो ।
२०७५ सालपछि मानव वन्यजन्तु विचको द्धन्द्ध बढदो क्रममा रहेको डिभिजन वन कार्यालयको क्षेत्रधिकार भित्र आ.ब.२०७५÷०७६ देखी चालु आर्थिक बर्षसम्म १३ जना मानिसको मृत्यु हुन गएको ३४ जना मानिस घाईते भएका १६९ वटा पशुधनको क्षती भएको २९ जना व्यक्तिको घरगोठको क्षती भएको यसै गरी २३४ जना व्यक्तिको अन्नवाली क्षती लगाएतका मानव वन्यजन्तु विच द्धन्द्धको अवस्था भएको देखिन्छ । मानव वन्यजन्तु बिच द्धन्द न्युनिकरणका लागि डिभिजन वन कार्यालयको तर्फदेखी प्रयासहरु भईरहेको तर थप केही उचित सल्लाहा सुझावहरुको अपेक्षा तथा उद्देश्यले संचारकर्मीहरुसंग अन्तरक्रिया तथा छलफल गरिएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन कार्यालय व्यवस्थापन अधिकृत द्रोण राज शर्माले बताउनु भयो ।
मानव वन्यजन्तु बिच द्धन्द न्युनिकरणका लागि विधुतिय तारवार आ.ब. २०७७÷०७८ मा वन्यजन्तुबाट बढी प्रभावित मधुवन नगरपालिका २ स्थित ललै सामुदायिक वन र कुस्मुनिया सामुदायिक वनको ११०० मिटर र मधुवन नगरपालिकाका ३ स्थित सम्झना सामुदायिक वन र दलित महिला सामुदायिक वनको १००० मिटर क्षेत्रमा रु. ४० लाख लगानीमा र चालु आ.ब. मधुवन ३ स्थित गौरी महिला सामुदायिक वनको ३५५ मिटर सम्झना सामुदायिक वनको ९८५ मिटर र मधुवन २ को सोनाहा फाँटा सामुदायिक वनको २२५ मिटर गरी जम्मा १५६५ मिटर क्षेत्रमा रु.२७ लाखको लगानीमा मेस वायर फेन्सिङ्गको कार्य सम्पन्न भएको । मेस वायर फेन्स चालु आर्थिक बर्षमा बारबर्दिया ८ थानफेना औरीमा ८४० मिटर र गेरुवा ६ बाजपुरमा ५४० मिटर क्षेत्रमा रु.३० लाखको लगानीमा मेस वायर फेन्स कार्य सम्पन्न भएको । राहत वितरण वन्यजन्तुबाट हुने क्षतीको राहत सहयोग निर्देशिका २०६९ बमोजिम क्षतीको प्रकृती हेरी निर्देशिकामा उल्लेख भए बमोजिमको रकम राहत स्वरुप उपलब्भ गराईएको चालु आर्थिक बर्षमा मृतक कमला जैसी बेचन चौधरी धुसिया थरुनी, कौशी देवी पालको एकाघरको सदस्यहरुलाई राहत स्वरुप प्रति पिडित १० लाख रुपैया उपलब्ध गराईएको । पिडितसंग प्रदेश सरकार चालु आर्थिक बर्षदेखी स्विकृत यस कार्यक्रम अन्तरगत मृतक धुसिया थरुनी र कौशी देवी पालको परिवारलाई तत्काल नगद १÷१ लाख रुपैया उपलब्ध गराईएको यसै गरी घाईते अस्मिता थारुलाई रु.२० हजार उपलब्ध गराईएको छ ।
२०७८÷०७९ मा वन्यजन्तु उद्धार तथा मृत वन्यजन्तुको विवरण अनुसार अजिङ्गर उद्धार गरिएको १८, सर्प उद्धार गरिएको ४५ मृत संख्या २, चित्तल उद्धार गरिएको २ मृत संख्या १, हात्ती उद्धार गरिएको १ मृत संख्या १, बदेल उद्धार गरिएको ४ मृत संख्या १, घडियाल उद्धार गरिएको १ मृत संख्या १, मगर उद्धार गरिएको ३, चितुवा उद्धार गरिएको १ मृत संख्या १, गरि कुल ७५ वन्यजन्तुको उद्धार गरिएको र ७ वटा मृत भएको पाईएको छ ।
यसै गरी २०७८÷०७९ मा वितरण गरिएको राहतको विवरण अनुसार मानविय क्षति(मृत्यु ) ४ जनालाई ४० लाख, मानविय क्षति (घाईते) ७ जनालाई २ लाख १२ हजार ३ सय ३८ रुपैया, पशुधन क्षति ९१ वटा ४ लाख ७७ हजार, घरगोठ÷ अन्नवाली क्षति ५९ वटा २ लाख ६८ हजार ७ सय ५० गरि प्रभावित १५९ घरधुरीलाई प्रदान गरिएको जम्मा राहत रकम रु.४९ लाख ५८ हजार ८८ रुपैया वितरण गरिएको जानकारी गराउनु भयो ।
विडारीका अनुसार मानव वन्यजन्तु द्धन्द बढदो क्रममा रहेको । अतिक्रमण र अव्यबस्थित बसोबास । मध्यवर्ती क्षेत्रमा विकास निर्माणका कार्य गर्दा आवस्यक सहयोग नहुनु । ईन्धन ÷मर्मतमा बजेट सार्वजनिक सम्पति ( साविकका ईलाका कार्यालय भवनहरुको । मुद्दा फर्छौट सम्बन्धमा लगाएतका कार्यालयका प्रमुख समस्याहरु बारे अवगत गराउदै सहजीकरण गर्दै कार्यक्रममा बर्दियाली संचारकर्मीहरुको प्रश्न र जिज्ञाशाहरुलाई मेटाउदै मानव वन्यजन्तु बिच द्धन्द न्युनिकरणका लागि संचारकर्मीहरुको राय सल्लाहा सुझाव पनि लिनु भयो ।
आगामी दिनमा मानव वन्यजन्तु द्धन्द न्युनिकरणका लागि वन क्षेत्रको चापलाई कम गर्नका लागि बैकल्पिक उर्जा कार्यक्रम लागु गर्नुे । जैविक मार्ग वरिपरि बसोबास गर्ने क्षेत्रमा जिविका पार्जनका कार्यक्रमहरु संचालन गर्नु पर्ने । मानव जिवन विमा, पशु धन विमा र अन्नवालीको विमा गर्नु पर्ने । मधुवन नगरपालिका वडा न.१ देखी ५ सम्मको करिब २० कि.मी. क्षेत्रमा ट्रेन्च सहितको मेस वायर विथ ईलोक्ट्रोनि फेन्स गर्नु पर्ने । वन्यजन्तु संरक्षणमा स्थानिय तहको सरकारले अपनत्व लिने नितिगत व्यवस्था गर्नु पर्ने । मानव वन्यजन्तु द्धन्द्ध प्रभावित क्षेत्रमा एकिकृत बस्ति व्यवस्थापन गर्नु पर्ने । खाता जैविक मार्गको अति सम्वेदनशिल क्षेत्रको रुपमा रहेको ३ वटा मानव बस्तिलाई स्थान्तरण गर्नु पर्ने । लुम्बिनी प्रदेश सरकारले वन्यजन्तु उद्धार तथा पुनंस्थापना केन्द्र स्थापना गर्नु पर्ने लगाएतका आगामी कार्यक्रम तथा योजनाहरु रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।