स्थानीय

बढैयाताल गाउँपालिकाले फोहोरबाट मोहर कार्यक्रम संचालन गर्ने

होमेन्द्र थापा

बर्दिया, फोहोरबाट मोहर कार्यक्रम संचालन गर्ने बढैयातालको नीति तथा कार्यक्रम रहेको अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भएको छ ।
बढैयाताल गाउँपालिकाको सनीवार भएको ११औं गाउँसभाको नीति तथा कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले उक्त कुरा बताउनु भएको हो ।


फोहोरबाट मोहर कार्यक्रम संचालनको लागि प्रत्येक घरमा फोहोरमैलाको वर्गिकरण गरी कम्पोष्ट मल बनाउने तालिम संचालन गर्ने, विभिन्न कारणले मरेका जिवजन्तुको सिनो व्यवस्थापन गर्न कार्यक्रम गरिने, यसै बर्षदेखी फोहोरमैला व्यवस्थापनलाई निजी क्षेत्रको साझेदारीमा संचालन गर्न आवश्यक प्रक्रिया मिलाईने,यसै बर्षदेखी फोहोरमैलामा हुने खर्चलाई पारदर्शी गर्न छुट्टै बजेट शिर्षक राखी आवश्यक व्यवस्था मिलाईने,बढैयाताल गाउँपालिकाको वबसाईटमा विपद तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी सबै सुचनालाई पारदर्शीरुपमा प्रकाशित गरिने, यसै आर्थिक बर्षदेखी फोहोरमैला व्यवस्थापन सम्बन्धी छुट्टै बजेट बनाई फोहोरमैला व्यवस्थापनमा लाग्ने खर्च सो संग सम्बन्धी कर्मचारीहरुको तलब,भत्ता, ईन्धन खर्चको व्यवस्था मिलाईने, पालिका भित्र फोहोरमैला व्यवस्थापन सम्बन्धी आवश्यक व्यवस्था मिलाउन आवश्यक स्रोत र साधनको व्यवस्था गर्ने, फोहोरमैला व्यवस्थापनको लागि डम्पिङ्ग साईटको व्यवस्था गर्न उचित क्षेत्रको पहिचान गरि केन्द्र र प्रदेश सरकारसंग आवश्यक समन्वय गरि स्वच्छ गाउँपालिका कार्यक्रमलाई थप व्यवस्थित गर्न र सेफटी ट्याङ्की सफा गर्ने उपकरणहरु खरिद गर्न आवश्यक पहल गर्ने, प्रत्येक विद्यालयमा एक फोहोरमैला व्यवस्थापन कोष ५०÷५० को अवधारणा अनुरुप संचालन गर्ने र हाल संचालित सरसफाई कार्यक्रमलाई निरन्तरता दिंदै स्लज म्यानेजमेन्ट ट्रिटमेन्ट प्लान्ट (ढल निकास) निर्माणका लागि विभिन्न सामाजिक संघ÷संस्थाहरु संग मिलेर रणनितिक योजनाका आधारमा निर्माण कार्य अगाडि बढाउने लगाएतका नीति तथा कार्यक्रमहरु रहेको अध्यक्ष त्रिपाठीले जानकारी दिनु भयो ।

साथै बढैयाताल गाउँपालिकाले मुख्य रुपमा शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथामिक्तामा लिईएको कुरा बताउदै त्रिपाठीले आमा बचाऔं, छोरी हुक्र्यौ भन्ने अभियान अनुसार यही साउन महिनादेखी छोरीलाई जन्मिने बितिकै छोरीको जन्म दर्ता गराई दिएर बैंक खाता खोलिदिने र १ हजार रुपैंया खातामा जम्मा गरिदिने नीति लिएको कुरामा जोडदिनु भयो । बढैयातालको संरक्षण तथा व्यवस्थापनको लागि बढैयाताल संरक्षण कार्यविधि ऐन बनाईएको, प्रोजेक्टका पुर्वधारहरु बनिरहेको चालुभईरहेको हुदा आगामी दिनहरुमा यसलाई पिच बनाएर वातावरणमैत्री(इर्,आइर्,ए÷आई,ई,ई) बनाएर अगाडी लैजाने सोच रहेको र आगामी २ बर्षमा मोटरबोट संचालन गरेर देश विदेशबाट आउने पर्यटकहरुलाई भित्रयाउने जमर्को गरेको लगाएतका कार्यक्रम यस बर्षको नीति तथा कार्यक्रममा परेको हुदा गत बर्षभन्दा जनतामुखी, पारदर्शीमुखी र व्यवसायमुखी रहेको र बढैयाताल गाउँपालिकाको विकासको लागि यो नीति तथा कार्यक्रम र बजेटले पक्कै पनि सुनौलो अवसर हुन्छ भन्ने कुरामा आफु विश्वास्त रहेको अध्यक्ष त्रिपाठीले बताउनु भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button