स्थानीय

बर्दिया नागरिक समाज संजालको रणनितिक योजना बारे छलफल सम्पन्न

होमेन्द्र थापा

बर्दिया नागरिक समाज संजालको आगामी रणनितिक योजनाको बारेमा बृहत छलफल भएको छ ।
नागरिक समाज संजाल बर्दियाका संयोजक हिमा सुनारको अध्यक्षतामा बसेको बैठक तथा रणनितिक आयोजनामा शुक्रबार बृहत छलफल भएको हो ।


छलफलमा बर्दिया नागरिक समाज संजाललाई कसरी अगाडी बढाउने, आगमी योजनाहरु के कस्ता बनाउने र नागरिक समाजको चुनौतीका बिषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा सहभागीहरुको लामो छलफल पश्चात बर्दिया नागरिक समाज संजालले गरेका कार्यहरुको बारेमा आम नागरिकहरुलाई जानकारी गराउने, लामो सयमदेखी सक्रिय र जिम्मेवारी पुर्वक नागरिक समाजलाई सहयोग गर्दैआईरहनु भएका व्याक्तिहरुलाई सम्मान गर्ने, बर्दियाका जल्दोबल्दो समस्या र भ्रष्टचारको सवालमा खबरदारी गर्ने र बर्दियामा रहेका सवाल संग सम्बन्धित कार्यालयहरुमा गई भलाकुसारी र समन्वय गर्ने लगाएतका बिषयहरु छलफलमा भएको संजालका सचिव भुमिराज लामिछानेले बताउनु भएको थियो ।
उक्त कर्यक्रममा नागरिक समाज संजालमा आबद्द विभिन्न संघ÷संगठनका प्रमुख तथा प्रतिनिधी बुद्धिजिवि तथा समाज सेवी महानुभावहरुको सहभागीता रहनुको साथै बर्दिया नागरिक समाज संजाललाई अगाडी बढाउनको लागि मार्गनिर्देशन तथा सल्लाहा सुझाव दिनु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button