बिचार

किसानको पिडा,सरकारको दायित्व

होमेन्द्र थापा

म कक्षा ५ मा पढदा किसानको रहर शिर्षकमा “किसान बनी जाहान पाल्ने यो मेरो रहर” भन्ने बोलको कविता पढेको थिए । सायद यो कविता तपाँईहरु मध्ये पनि धेरैले पढनु भयो होला, कि त सुन्नु भयो होला । त्यती बेलाका किसानमा भएको किसानी पेशाप्रतिको जोस, जाँगर र रहर आजभोलीका किसानमा किन हुन सकेन त ? ६५ प्रतिशत नेपालीको जिविकाको मुख्य आधार कृषि नै हो । तर पनि कृषिलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर किन बनाउन सकिरहेकोछैन ? सन १९६० को दशकमा नेपाल एसियामै सबैभन्दा कृषि उत्पादकत्व भएको देश थियो । तर १९९० को सुरुवात तिर यो क्षेत्रको सबैभन्दा कम उत्पादकत्व भएको देश बन्यो । यसरी ओरालो लागेको कृषि आज सम्म उठन सकेको छैन । खेतीपातीमा मानिसको रुची किन घटदैगईरहेको छ । यो बिषयमा खासै खोज तथा अनुसन्धान किन हुन सकेको छैन त ? वस्तवमा किसानका समस्या र पिडाहरु थुप्रैछन तर बुझिदिने कोहीछैन । आजभोली किसानी त के, तपाँई कुन पेशा गर्नु हुन्छ भनी सोध्दा पनि कृषि पेशा, किसानी गर्छु भनेर भन्न हिचकिचाईरहेकाछन किसान । किन होला भनी कारण खोज्दा कारणहरु थुप्रैछन ।
सरकारले कृषि बजेट र कार्यक्रम थप्दैमा वस्तविक किसानको घरदैलोमा पुग्दैन । स्थानीय निकायमा कृषिको लागि गएको बजेट सडकमा खर्च भएको छ । दलितको लागि गएको बजेट विधालयमा खर्च भएको छ । यस्ता प्रवृतिले जुन वर्ग र जुन क्षेत्रको विकास हुनु पर्ने हो त्यसमा प्रभाव परीरहेको छैन । समुदायमा पनि अलि टाठा बाठा, राजनितिक पहुच भएका र आफ्ना आफन्ताहरुले नै सहयोग र अनुृदान प्राप्त गरेका छन । कागजी प्रकृया मिलाउने प्रथा बढदो छ । आर्को कुरा हामी सुनीरहेकाछौं, देखीरहेकाछौ र भोगी पनि रहेकाछौ । किसानले खेती गर्ने सिजनमा उन्नत जातको विउ विजन र मल नपाउने समस्या बर्षेनी छ । पाई हाले पनि समयमै पाईदैन । जसोतसो गरी उत्पादन र उत्पादकत्व सामाग्रीले बजार भाउ पाउदैन स्टोर गरी राखौ राख्ने व्यवस्था र सुृविधा छैन । गाइर्, भैसी पाल्यो दुध दहीले बजार पाउदैन अनी दुध सडकमा पोख्नु पर्ने बाध्यता छ । कुखुरा पाल्यो कुखुरा खाल्डोमा पुर्नुपर्ने र जलाउनु पर्ने बाध्यता छ । खेतीपाती गरी अन्न उव्जानी गरेयो उचित भाउ नपाउने र बिचौलियाले फाईदा लिईरहेको अवस्था छ । यस्तै लगाएको फलफुल तरकारीमा ट्रेक्टर लगाएर जोताईदिएको खबर सुनेकाछौ, देखेकाछौं र आफैले पनि भोगीरहेकाछौं । सकीनसकी कृषिमा गरेको लगानी परिश्रमको हिसाव गर्दा खासै फाईदा नहुदा किसानमा कृषि पेशाप्रति निराशा छायएको छ । यस्तो समस्याले गर्दा किसान तथा कृषकहरुमा कृषि व्यवसायमा निराशा जाग्ने, कृषि कर्ममा उत्साहित नहुने र अन्य विकल्पहरु खोज्ने कारणले पनि कृषि उत्पादन र उत्पादकत्वमा कमी आईरहेको छ ।
गत बर्ष कार्तिक महिनामा परेको अविरल बर्षाको कारण बर्दियामा किसानहरुका धानमा ठुलो क्षती भयो । कसैको धान पानीले बगाएर लग्यो त धेरैको धान कुहिएर गयो । प्रधानमन्त्री समेतको बर्दियामा अनुगमन भयो । तर त्यो धानको क्षतीपुर्ती पाउने दिन गनेर गयो । यस बर्ष पनि असार महिना सकेर साउन लाग्दा सम्म धेरै ठाउँमा धानका गरा बाँझै थिए । धानको व्याड (छिप्पिएर बुढो भईसकेको थियो । रासाईनिक मल विना जसोतसो भूमिगत सिचाई गरेर रोपेको धान रोपेको दिनदेखी नै चर्को घाम लागेर खेतका गरामा चिराचिरा परेको थियो । रोपेको धान खेतका गरामै सुकेर मरी सकेका हुदा यस बर्ष त्यती राम्रो उत्पादन नहुने हो कि भन्ने चिन्ताले किसानहरुलाई पिरोलीरहेको छ । जसोतसो ऋणधन गरेर लगाएको खेतीपातीबाट उत्पादन राम्रो नहुदा सालैनै किसानहरुमा खेतीपाती प्रति निराशा जाग्नु, उत्साहित नहुनु स्वभाविक हो । जब सम्म किसानलाई कृषि पेशा अर्थात खेतीपातीमा उत्साहित गर्न सकिदैन, कृषि कर्ममा जोस, जाँगर र सिप भएका किसानलाई प्रयाप्त जमिन उपलब्ध गराउन सकिदैन र किसानलाई कृषि विमा, बजारीकरण, सिचाई र तालिम लगाएतका सेवा सुविधा उपलब्ध गराउन सकिदैन तब सम्म मुलुक कृषिमा आत्मनिर्भर बन्न सक्दैन, छिमेकी राष्ट्रबाट खाद्यन्न आयात रोकिदैन र भोकमारी जस्तो महामारीबाट बच्न सकिदैन ।
तसर्थ यसका लागि सरकारले कृषिमा आत्मनिर्भर बनाउनको लागि वस्तविक किसानलाई प्रयाप्त खेतीयोग्य जमिन उपलब्ध गराउनु जरुरी छ । उत्कृष्ट किसानहरुलाई सम्मान र सहुलियत दिलाउनु पर्छ । किसानहरुको कृषि सम्बन्धि भएको क्षतीमा वास्तविक क्षती पहिचान गरी क्षतीपुर्ती उपलब्ध गराउनु पर्छ । खेतिपातीमा मानिसहरुको रुची किन घटदै गईरहेको छ भन्ने बिषयमा खोज तथा अनुसन्धान गर्नु पर्छ । किसानलाई कृषि विमा, बजारीकरण, सिचाई र तालिम लगाएतका सेवा सुविधा उपलब्ध गराउनु पर्छ । भूमिहिन, तथा साना किसानहरुलाई कृषि योग्य जमिन उपलब्ध गराउदा उनीहरुमा पशुपालन क्षमता पनि बढछ । पशुपालन बढाउदा मलको अभाव पनि कम हुन्छ र उत्पादनमा वृद्धि हुन्छ । नयाँ प्रविधि, कृषि उधोग, कृषि ज्ञान र किसानलाई सम्मान दिएमा मात्र कृषि उत्पादन र उत्पादकत्व बढछ । मुलुक कृषिको लागि आत्मनिर्भर हुन्छ । कृषि पेशामा मानिसहरुको मोह बढछ । भोकमारी जस्तो महामारीबाट पनि बच्न सकिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button