
बर्दिया, गुलरिया नगरपालिका वडा न.३ स्थित खैरी गाउँमा फूल खेतीको अभ्यास गरिएको छ । सुदुरपश्चिम विश्वविद्यालय व्याच्लर एग्रीकल्चर पढदै गरेकी पार्वती थारुले पढाई र फूल खेतीमा समयको व्यवस्थापन मिलाई आफ्नै ४ कठ्ठा जग्गामा फूल खेति गर्दैआउनु भएको हो ।
आफु पनि कृषि पढेको र कृषिमा पनि अन्य खेती भन्दा फूल खेती नौलो र सहज हुने भएकोले फूल खेतीको अभ्यास गरेको पार्वतीले बताउनु भयो । नर्सरतिर हुनसक्छ तर फूल खेती भने सायद बर्दियामै पहिलो फूल खेती आफुले गरेको वहाको दावी छ । बर्दियाको आफ्नै जमिनमा फूल खेती कस्तो हुृन्छ भनेर सिक्नलाई मात्र पहिलो पटक सयपत्रीमा कल्कत्ते मेरी गोल्ड र मखमली गरी २ प्रकारको फूल खेती गरेको हुदा फूल खेती राम्रै भएको, आफु सफल भएको हुदा आगामी दिनहरुमा बर्दियालाई नै फुल र माला पु¥याउने उद्देश्यले फूल खेती गर्ने सोच तथा लक्ष्य रहेको पार्वतीको भनाई छ ।
हाल फूल खेतीमा कल्कत्ते मेरी गोल्ड र मखमली दुबै प्रकारको फूल फूलेर रहर लाग्दो, फूलबारीमै घुमीरहुँ, फूलहरुलाई हेरीरहुँ, खेलाई रहुँ या चुमीरहु जस्तो मनमोहक र आर्कषक भईसकेको हुदा यदी जो कोहीले पनि हेर्न, घुम्न र चाड,पर्व,तिहार वा विविध कार्यक्रमको लागि फूल माला किन्न चाहानुहुने ईच्छुक व्याक्तिहरुले सम्पर्क गर्न पनि जानकारी गर्नु भएको छ ।
नेपालमा पर्याप्त मात्रमा फूल नपाउने र बर्षैपिच्छे लाखौंको फूल माला छिमेकी देश भारतबाट आउने गरेको छ । यदी हामीहरुले विभिन्न कार्यक्रमहरुमा पाहुना अतिथीहरुलाई स्वागत सम्मान गर्दा प्लाष्टिकको फूल माला र कपडाको खादाभन्दा नेपालमै उत्पादित ताजा फूल, फूलको गुच्छा वा फूलको माला लगाई दिएर पाहुना अतिथीहरुलाई स्वागत सम्मान गर्ने सोच र बानीको विकास भएमा अवश्य पनि फूल खेतीमा राम्रो सम्भावना रहेको वहाले बताउनु भयो ।
छोरीले फूल खेती गर्नको लागि रहर गरेर उत्साहित भएपछि छिमेकी जिल्ला कैलालीको टिकापुरदेखी एक सय पचास ग्राम फूलको विउलाई एक हजार रुपैयाँमा किनेर असार महिनामा विउ राखेर साउन महिनाको १५,१६ र १७ गते सम्म हामी घरका चारै जना परिवारले ३ दिन सम्म विरुवा लगायौं । हाम्रो परिश्रम छोडेर मल, जल र औषधी गरी हाल सम्म १५ हजार सम्मको लागत फूल खेतीमा लागेको पार्वतीकी बाबु रामचरण थारुको भनाई रहेको छ ।
विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण क्षेत्र संग जोडिएको नजिकैको खैरी गाउँमा यसरी सबैलाई आकार्षित बनाउने फूल खेती व्यवसाय गरेको हुदा फुल खेती फस्टाउदै जाने र यसको प्रचार प्रसार भएमा भोलीका दिनहरुमा कृष्णसार हेर्न र घुम्ना आउने पर्याटकहरु नजिकै फूल खेती हेर्न नआउलन भन्न सकिदैन । दैनिक रुपमा पर्यटकहरु र फूल किन्ने ग्राहकहरुको ओईरो लाग्न सक्ने सम्भावना देखिन्छ ।