Uncategorized

दलित महिलाहरुको लागि दलित महिला संघको सहयोग

होमेन्द्र थापा

बर्दिया, दलित महिलाहरुको लागि दलित महिला संघ बर्दियाले गरेको सहयोग प्रति दलित महिलाहरुले सुन्तुष्टि व्याक्त गर्नु भएको छ ।
दलित महिला संघ बर्दियाको शुक्रवार गुलरियामा भएको सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै सहभागीहरुले उक्त कुरा बताउनु भएको हो । बढैयाताल गाउँपालिका वडा न.३ पुष्पा नगर हरियाली समुहका अध्यक्ष तथा बढैयाताल गाउँपालिका कार्यपालिका सदस्य चन्द्रकला बि.क.का अनुसार हामी दलित महिलाहरुको आर्थिक तथा नेतृत्व विकासको श्रेय दलित महिला संघ परिवारलाई दिनु पर्ने ठोकुवा गर्नु भएको छ । महिलाले अधिकार लिदा कसरी लिने ? कसरी बोल्ने ? व्यवसाय कसरी गर्ने भन्ने विविध बिषयमा संस्थाले तालिमहरु दिएर नेतृत्व विकास गराएको छ । समुहका महिलाहरुले मासिक बचत गर्ने, केही न केही व्यवसाय गर्ने लगाएतका काममा लागेको पनि जानकारी गराउनु भयो । यसै गरी बि.क.ले आफु सुरुसुरुमा हरियाली समुहको अध्यक्ष हुँ भन्नु पर्दा टाउको तल लुगाउने गरेको किन अध्यक्ष बनाएको होला मलाई बोल्नु पर्ने भन्ने लाग्थ्यो । आजभोली त कुनै कार्यक्रममा बोल्न दिएनन भने मलाई किन बोल्न नदिएका होलान भन्ने लाग्छ भन्दै आफुलाई यो अवस्थामा पु¥याउने पनि दलित महिला संघ नै हो । र आफु जुन ठाउँ जाँदा पनि दलित महिला समुहका महिलाहरु प्रतिस्प्रधा गरेको देख्दा त झनै आफै हर्षित भएको कुरा बि.क.ले बताउनु भयो ।
यसै गरी बढैयाताल गाउँपालिका वडा न. ८ बस्ने आदर्श दलित महिला समुहका सदस्य बिष्णु माया परिवारले पनि तालिम पश्चात व्यवसायमा लागेर मासिक ३० हजार सम्मको बचत गर्न सफल रहेको कुरा सुनाउनु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हिमा सुनारले सहजीकरण गर्दै दलित महिला संघ राष्ट्रि«य संस्था हो । यस संस्थाले विगत १५ बर्षदेखी दलित महिला तथा जातिय विभेदमा आवाज उठाउदैआईरहेको छ । नेपालको ५६ वटा जिल्लामा दलित महिला संघ स्थापित रहेको छ । बर्दियामा गुलरिया नगरपालिकामा ३ वटा र बढैयाताल गाउँपालिकामा १७ वटागरी २० वटा दलित महिला समुहहरु रहेको संस्थाका अध्यक्ष सुनारले जानकारी दिनु भएको हो ।
शुक्रवार भएको दलित महिला संघ बर्दियाको सामाजिक लेखा परिक्षण कार्यक्रममा संस्थाका अध्यक्ष हिमा सुनारले सहजीकरण गर्नु भएको थियो । भने प्रमुख अतिथि गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, अतिथिहरुमा महिला तथा बालवालिका शाखा प्रमुख शिला शाहा, गैर सरकारी संस्था बर्दियाका अध्यक्ष प्रिज्मा सिंह थारु, नेपाल वार एसोशियसन बर्दियाका अध्यक्ष काशी राम चौधरी, नेपाल पत्रकार महासं बर्दियाका अध्यक्ष यादव आचार्य, वडा सदस्य ज्युहरु लगाएत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button