के.पी.ओलीको मति पनि, गति पनि, गलत बाटोमा गयो । संविधान धरापमा छ । हामीले हाम्रो भोट गठबन्धनमा हाल्नु पर्छ ।
संजय कुमार गौतम

होमेन्द्र थापा
बर्दिया क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पुर्व नेपाली काँग्रेश केन्द्रिय सदस्य संञ्जय कुमार गौतमले दुई तिहाई बहुमत प्राप्त पुर्व प्रधान मन्त्री खड्गा प्रसाद ओलीको गति पनि मति पनि गलत बाटोमा गएको र संविधान धरापमा परेको हुदा अब भोट बाम लोकतान्त्रिक गठबन्धनलाई नै दिनु पर्ने कुरा बताउनु भएको छ ।
आसन्न मंसिर ४ निर्वाचन सफल पार्न सोमवार गुलरियामा बाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय स्थापना उद्घाटन कार्यक्रममा बोल्दै गौतमले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका गौतमले अहिलेको यो बाम लोकतान्त्रिक गठबन्धन एउटा विशिष्ट परिस्थिति रहेको बताउदै, हामीले हाम्रो भोट गठबन्धनमा हाल्नु पर्छ । हाम्रो अगाडी कुनै विकल्पछैन । अहिले नेपाली काँग्रेश ने.क.पा.माओवादीका साथीहरुले यो कुरालाई राम्रो संग बुझनु पर्छ भन्दै सहभागी कार्यकर्ता लगाएत सम्पुर्णलाई आग्रह गर्नु भयो । अहिले हामी गठबन्धनको स्पिडभन्दा बहिर गयौं भने, अहिले हामी गठबन्धनको भावाना भन्दा बहिर गयौं भने, अहिले हामी गठबन्धनको निति भन्दा बहिर गयौं भने, अहिले हामी गठबन्धनको सिद्धान्त भन्दा बहिर गयौं भने र यदी हामी मनोगत रुपमा सोच्यौं भने, यदी हामी बहकियौं भने र हाम्रो हात अन्तै गयो भने हामीले सोचेको परिवर्तन पाउन सक्दैनौं । अहिलेको गठबन्धन संविधान संरक्षणको लागि हो । अहिलेको लडाई प्रतिगमन र अग्रगमनको बिच हो । अब बन्ने सरकार नेपाली काँग्रेशको नेतृत्वमा बन्ने ठोकुवा गर्दै गौतमले हामी कम्जोर भयौं भने हाम्रै आन्तरिक कारणले मात्र बन्छ । त्यसैले बाम लोकतान्त्रिक गठबन्धनका नेतृत्व तहमा व्यापक छलफल भईरहेको छ । पार्टीका बागी उम्मेदवारहरु छन भने पनि पार्टीले ५ बर्षको लागि निस्कासन गरिसकेको जानकारी गराउनु भएको थियो । तपाँई हामीहरुले गठबन्धनको स्पिड, गठबन्धनको भावना, गठबन्धनको निति र गठबन्धनको सिद्धान्त भन्दा बहिर नजाऔं, नसोचौं भन्दै उम्मेदवार गौतमले आम नागरिकहरुलाई आग्रह पनि गर्नु भयो ।
गुलरिया बजार मालपोत रोड स्थित कार्यालय उदघाटनको औपचारिक कार्यक्रम नेपाली काँग्रेश नगर सभापति विनोद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दिया क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पुर्व सिचाई मन्त्री संञ्जय कुमार गौतम, अतिथीहरुमा बर्दिया क्षेत्र न.१(ख) प्रदेश सभा सदस्य उम्मेदवार अन्जु दहित, नेपाली काँगे्रश बर्दिया जिल्ला सभापति अरुण कुमार राठौर लगाएतका बाम लोकतान्त्रिक गठबन्धनमा आवद्ध जिम्मेवार कार्यकर्ता, बुद्धिजिवी,समाजसेवीहरुको पनि सहभागीता रहेको थियो । भने उक्त लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय स्थापनाको उदघाटन नेपाली काँग्रेश जिल्ला सभापति अरुण कुमार राठौरले व्यानर पढेर उद्घाटन गर्नु भयो । र कार्यक्रम संञ्चालन नेकपा माओवादी गुलरिया नगर कमिटीका अध्यक्ष गेहेन्द्र ढकालले संञ्चालन गर्नु भएको थियो ।