
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न गर्नको लागि बर्दिया जिल्लामा सुरक्षा व्यवस्था कडाई गरिएको छ ।
निर्वाचनका लागि नेपाल सरकारले बनाएको निर्वाचन विशेष सुरक्षा योजना अनुसार नै सम्पुर्ण तयारी गरेको र ३ वटै सुरक्षा निकायको समन्वयात्मक परिचालन भएको हुदा बर्दियाको आज सम्मको सुरक्षा व्यवस्था एकदमै राम्रो रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाका अनुसार । विहिवार राती १२ बजेदेखी बर्दियाको नेपाल भारत सिमानाका बन्द गर्ने, नेपाल प्रहरी र म्यादी प्रहरी बुथभित्र रहने र शसत्र र नेपाली सेना स्टाईकिङ्ग र मोवाईलमा रहने, शसत्र प्रहरी र एसएसबी मिलेर संयुत्त गस्ति गर्ने, जिल्लामा करिब ३२ सय सुरक्षकर्मीहरु एकदमै समानर्थ रुपमा परिचालित भएको यसको लागि भारतिय समकक्षीले पनि वोर्डर शिल गर्न सहयोग गरेर सहमति जनाएको कुराहरु राख्दै शुक्रवारबाट सुरक्षालाई नै ध्यान दिएर मदिरा बेचविखन ओसार पसार गर्न निशेध गर्ने निर्वाचनको दिनमा सार्वजानिक र निजी सवारी साधान वा निर्वाचनका लागि अनुमति नपाएका सवारी साधानहरुलाई पनि निशेध गरेको बास्तोलाले जानकारी दिनु भयो ।
जिल्लाको बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिका गरी ८३ किलोमिटर भूमि भारतिय सिमा सँग जोडिएको छ । सिमा नाकाबाट हुनसक्ने अवान्छित गतिविधिलाई रोन्न र निर्वाचनका अवधीभर कुनैपनी गलत गतीविधि हुन नदिन स्वतन्त्र,निष्पक्ष, स्वच्छ र भय रहित बाताबरणमा निर्वाचन सम्मपन्न गर्नका लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताउनु भयो ।