
बर्दिया, २०४८ सालदेखी झोलामा रहेको नेपाल पत्रकार महासंघ शाखा कार्यालय, बर्दिया अबदेखी आफ्नै भवनमा स्थान्तरण भएको छ ।
बुधवार महासंघ बर्दियाले आफ्नै भवन उद्घाटन गरी आफ्नै भवनमा ३२ औं साधारण सभा सम्पन्न गरेको छ । गुलरिया नगरपालिका वडा न.७ बदलुपुर स्थित निर्माण भएको महासंघको भवन उद्घाटन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
गुलरिया नगरपालिका वडा न.७ बगलामुखी मंदिर टोल निवासी श्रीमती ईन्दिरा देवी पोखरेल ज्युले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको कार्यालय भवनको निर्माणर्थ गुलरिया नगरपालिका वडा न.७ स्थित बदलुपुरमा १२ धुर जमिन दान गर्नु भएको जग्गामा गुलरिया नगरपालिकाबाट ३१ लख, ५० हजार १ सय ४२ रुपैया सहयोग रकमबाट उक्त भवन निर्माण भई बुधवार भवनको उद्घाटन समेत भएको छ ।
महासंघको भवन उद्घाटन कार्यक्रममा सहभागी प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेघराज सिग्देलले शुभ कामना मनतव्यमा बोल्दै हिजोका दिनहरुमा हामी पत्रकारहरुले गुलरियामा आएर एउटा झोला बिसाउने ठाउँ थिएन । बर्षौदेखी भवन भवन भन्दै दुखहरु झेल्दै गर्यौं, अबदेखी आफ्नै भवनमा कार्यक्रम गर्न पायौं, ज्यादै खुशी लाग्यो भन्ने कुरा सुनाउदै खुशी व्याक्त गर्नु भयो । वहाँले भवन त बन्यो तर पनि सबै चिज तथा सामाग्रीहरु प्रयाप्त मात्रमा नभरएको भन्दै सहयोगी दाताहरुलाई महासंघप्रति सहयोग गर्न पनि सिग्देलले अनुरोध गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ बर्दियाका पुर्व अध्यक्ष मिन राज शर्माले महासंघको भवन बन्यो । अब भोलीका दिनहरुमा हुने कार्यक्रमहरु आफ्नै भवनमा गर्न सकिने । बर्दियाका सम्पुर्ण पत्रकारहरुको क्षमता विकास गर्न सफल र सहयोगशिद्ध रहने र अहिलेको टेक्नोलोजी अनुसार व्यवस्थापन गर्न सके सबै पत्रकारहरुले आफ्ना आफ्ना संचार माध्यामहरुमा समाचार पठाउन पनि सहज हुने शर्माले बताउनु भयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहोराले महासंघलाई साधान स्रोत उपलब्धता भईसकेपछि पत्रकारितामा थप प्रभावकारिता र निस्पक्षता आवस समाजमा भएका विकृति विसंगतीको उजागर गरोस भन्ने कुरा राख्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार गुलरिया नगरपालिकाले महासंघको भवन बनाउन आर्थिक सहयोग मात्र गरेको हो । बाँकी सबै कामहरु तपाई पत्रकारहरुले नै गर्नु भएको भन्दै सबै पत्रकारहरुलाई धन्यवाद दिदै भवन भित्र अझ धेरै चिजको कमि छ । अन्य संग पनि सहयोग लिनु होला भन्ने सुझाव दिनु भयो । साथै वहाँले बर्दिया जिल्लको सदरमुकाम गुलरियामा महासंघको भवन निर्माण भएकोले दायित्व पनि गुलरिया नगरपालिकाको सबभन्दा बढी भएको भन्दै जबसम्म म नगर प्रमुखमा रहन्छु तबसम्म सक्दो सहयोग गर्छु भन्दै नगर प्रमुख यादवले प्रतिबद्धता जनाउनु भएको छ ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, अतिथिहरुमा नेपाली काँग्रेश बर्दिया जिल्ला सभापति अरुण सिंह राठोर, जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहोरा, उधोग वाणिज्य संघ, गुलरियाका अध्यक्ष देबेन्द्र पान्डे, सुरक्षा निकायका प्रमुखहरु लगाएत विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो । भने कार्यक्रम नेपाल पत्रकार महासंघ बर्दियाका सहसचिव बिष्णु अधिकारीले संञ्चालन गर्नु भएको थियोे ।
सरकारको चौथो अंगको रुपमा चिनिने पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, बर्दियाको भवन निर्माण जसोतसो भईसकेको छ । पत्रकारहरुको क्षमता विकास र व्यवस्थापनको लागि सहयोगी दाताहरुसंग समन्वय सहकार्य गर्दै समर्थन र सहयोग बटुल्दै जाने हो भने थप पत्रकारितामा प्रभावकारिता, निश्पक्षता र समाजमा भएका विकृति र विसंगतीहरुलाई थप उजागर गर्न सहयोग पुग्ने देखिन्छ ।