सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीले कही कतै कम्जोरी गरेकोछैन
नेत्र प्रसाद सापकोटा : (उपाध्यक्ष जिल्ला सहकारी संघ बर्दिया)

होमेन्द्र थापा
बर्दिया, जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटाले सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरियाले कही कतै कम्जोरी नगरेको बुरा बताउनु भयो ।
सनीवार सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरिया, बर्दियाको १४ औं बार्षिक साधारण सभाको प्रमुख अतिथिको भुमिकामा रहनु भएका सापकोटाले शुभ कामना मनतव्यको क्रममा उक्त कुरो बताउनु भएको हो ।
वहाँको भनाई अनुसार सुनौलो महिला विकास बहुृृृउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरिया बर्दियाका अध्यक्ष श्री ईन्दिरा सुबेदीले प्रस्तुत गरेको प्रतिवेदन हेर्दा, कार्यक्रमलाई सरसर्ती हेर्दा, विगतका १३ औं साधारण सभामा गरेका कार्यक्रमका प्रतिवेदन हेर्दा, कार्यन्वयनको तहमा हेर्दा सहकारीले कही कतै कम्जोरी नगरेको भन्ने कुरा बताउनु भएको थियो । साथै वहाँले १३औं साधारण सभाबाट यता आउदा सहकारी माथी उठीसकेको छ , सेयर सदस्य संख्या १ हजार ३३ बाट बढेर १ हजार १ सय १५ बनाउनु भयो । सेयर पुँजी ३८ लाख १५ हजार २ सय बृद्धिभएको छ । बचत निक्षेप २० प्रतिशत बुद्धि भएको छ । म वस्तवमा उत्प्रेरित भएको छु भन्दै तपाईहरुले भविस्य देख्नु भएको छ, त्यो भविस्यलाई पच्छायाउदै अगाडी बढनु होस भन्दै सापकोटाले सहभागी सेयर सदस्यहरुलाई सुझाव दिनु भएको थियो ।
सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४औ साधारण सभाको उद्घाटन सत्र अध्यक्ष ईन्दिरा सुवेदीको अध्यक्षतामा भएको थियो । उक्त सभाको औपचारिक कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटा, बिशेष अतिथिमा गुलरिया नगरपालिका वडा न.६ का वडा अध्यक्ष श्री सुधाँशु प्रकाश शर्मा, अतिथिहरुमा राष्ट्रिय सहकारी बैंक भुरीगाउँ शाखा प्रमुख किरण खत्री, श्री बंगलामुखी राधाकृष्ण थारु मा.वि.का प्रधानध्यापक मोतिराम शर्मा, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आर्चाय, रातो तारा कृषि सहकारी संस्थाका अध्यक्ष मेघराज सिग्देल दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष जित कुमारी योगी लगाएत विभिन्न सहकारी सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभ कामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागी सम्पुर्ण महानुभावहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत सहकारीका उपाध्यक्ष सविता शर्माले स्वागत गर्नु भयो । भने कार्यक्रम संञ्चालन सहकारीका सचिव खुमा पोख्रेलले सञ्चालन गर्नु भएको थियो ।