Uncategorized

जनयुद्धका बेपत्ता योद्धा सगुनलाल चौधरीको २१औं स्मृति कार्यक्रम सम्पन्न

होमेन्द्र थापा

User Rating: Be the first one !

बर्दिया, सगुन स्मृति प्रतिष्ठान बर्दियाको आयोजनामा १० बर्षे जनयुद्धको क्रममा बेपत्ता योद्धा सगुनलाल चौधरीको २१औं स्मृति कार्यक्रम सम्पन्न भएको छ ।
बारबर्दिया नगरपालिका वडा न.१० सेम्रहवा स्थित बेपत्तायोद्धा स्मृति संग्रहालय पार्कमा मंगलवार गोचाली परिवार २०२८ का संस्थापक सदस्य तथा थारु साहित्यकार जन सेवा मा.वि.का संस्थापक शिक्षक सगुनलाल चौधरीको स्मृति कार्यक्रम गरिएको थियो ।
स्मृति कार्यक्रममा गोचाली परिवार २०२८ को अधुरो सपना के थियो ? गोचाली परिवार २०२८ कसरी चलेको थियो ? सगुनलाल थारुको जीवनी कस्तो थियो ? वहाँले चालेका पाईलाहारु मर्गनिर्देशन कस्ता थिए भन्ने बारेमा चर्च हुनुको साथै स्मृतिका कार्यहरु हिजो कस्तो थियो ? अहिले कस्तो अवस्थामा छ र आगामी दिनमा यसलाई अझ कसरी पहिचान स्थापना गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

छलफलमा कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री सन्त कुमार चौधरी (संजीव) ले सगुनलाल चौधरी गोचाली परिवारका संस्थापक भएको वहाँले समाजमा चेतना र राजनितिक चेतनाहरु कम्युनिष्ट विचार फैलाउनु भएको कुरा बताउनु भयो । हिजो पञ्चायतकालमा समाजमा भएको दमन त्यो दमनका विरुद्धमा अब हामी संगठित हुनु परेयो । त्यो दमनकारी व्यवस्थाका विरुद्धमा संघर्ष गर्नु पर्छ तब मात्र समाजले साँच्चै एउटा मानव भएर मानव सरह बाँच्न सकिन्छ भन्ने चेतना गोचाली परिवारका थुप्रै पुस्तकहरु साहित्यीक माध्यमबाट प्राप्त गरेको कुरा जानकारी गराउनु भयो । अहिले हामी वहाँलाई सम्झिरहदा खेरी जसरी बेपत्ता योद्धा पार्क बनाईएको छ यसलाई अझै पनि समृद्धि बनाउनको लागि हामी सबैको जोरदार आवज हामी सबैको पहलकदमीको जरुरी रहेको कुरा बताउनु भयो । जबसम्म हामी सबै एकजुट हुदैनौ र समाजमा सबैलाई बुझाउन सकिदैन तबसम्म वहाँको अधुरो सपना पुरा नहुने । वहाँको सपना साकार पार्नको लागि हामी सबै दृढतापुर्वक लाग्न पर्ने । समाजवादी क्रान्ति सफल पार्न सकियो भने बल्ल वहाँको सपना साकार हुने स्मृति मन्तब्यमा विचार राख्दै यस बेपत्ता योद्धा पार्कलाई अध्यायन गर्न लाएक बनाउन यसमा सहिदहरुका फोटो राख्ने अध्यायन गर्न लाएक बनाउने भने भोलीका भावी सन्ततीहरुले किन राखियो फोटो के का लागि राखियो भन्ने अध्यायन गर्नेछन र भोली हाम्रा सन्तती मात्र होईनन अन्तराष्ट्रिय स्तरबाट पनि यहाँ अध्यायन गर्न आउने बनाउनु पर्नेमा पुर्व मन्त्री चौधरीले जोड दिनु भयो ।
सगुन स्मृति प्रतिष्ठान बर्दियाका अध्यक्ष मोती कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व पशुपंक्षी विकास मन्त्री सन्त कुमार चौधरी (संजीव)को आतिथ्यता रहेको थियो । भने लुम्बिनी प्रदेश सांसद कृष्ण कुश्मा थारु (आस्था), बारबर्दिया नगरपालिका संस्थापक नगर प्रमुख दुर्गा बहादुर थारु, बारबर्दिया नगरपालिका संस्थापक नगर उप प्रमुुख अन्जु दहित,प्रगतीशिल साहित्यकार शेखर दहित, बारबर्दिया शिक्षक महासंघ अध्यक्ष तथा अंशुवर्मा मा.बि.का प्रधानध्यापक पोमराज शर्मा, गोचाली परिवार २०२८ का सदस्य सुदिन चौधरी, बारबर्दिया वडघर संञ्जालका अध्यक्ष काली राम थारु, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु लगाएत थुप्रै समाजसेवी बुद्धिजिवीहरुको पनि सहभागीता रहेको थियो ।
वाम आन्दोलनका अगुवा सगुनलाल अत्यन्तै मेहनी थिए । पञ्चायतकालमा राजनितिक चेतना फैलाउने सगुनलाल आफैमा एउटा महान व्याक्ति थिए । सगुनले निरन्तर समाजलाई उत्प्रेरित गर्थे । २०२८ सालमा सगुनलाल लगाएतका व्याक्तिहरुले शब्दद्धारा आन्दोलन गरे । गोचाली आन्दोलनमा सगुनलालले अग्रपंतीमा आन्दोलनको नेतृत्व गरेका थिए । धेरै जेलनेल भोगेका सगुनलाललाई १० बर्षे जनयुद्धको क्रममा २०५८ साल पुस १२ गते का दिन राज्य पक्षबाट बेपत्ता पारीएको वहाँको आफन्तजनको भनाई छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button