Uncategorized

बर्दियामा कुष्ठरोगको जोखिम

होमेन्द्र थापा, बर्दिया

नेपाल सरकारले सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेता पनि बर्दियामा कुष्ठरोगको जोखिम बढिरहेको छ । निवारण घोषणा गरेको १३ बर्ष पछिसम्म पनि झन कुष्ठरोगीको संख्या बढदै गईरहेको छ ।
बर्दियामा गत आर्थिक बर्षमा ६३ जना नयाँ रोगी पत्ता लागेका थिए । भने अहिले साउन देखी पुषसम्म १५ जना कुष्ठरोगीहरु पत्ता लागेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
निवारणको घोषणा गरे पनि नेपालमा गत आर्थिक बर्षमा २ हजार २ सय ८५ जना कुष्ठरोगी रहेका थिए । आर्थिक बर्ष ०७८/०७९ को अन्त्यसम्म २ हजार ३ सय ७३ जना बिरामीले उपचार गराईरहेकाछन । तराईका १५ जिल्ला र पहाडको १ जिल्ला गरी १६ जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेकाछन ।
कुष्ठरोगीको तथ्यांक हेर्दा नेपालमा सन् २०१० देखि हालसम्म घट्दै जानुपर्नेमा झन् बढ्दै गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका अनुसार सन् २०१० मा बिरामीको प्रकोप दर ०।७७ प्रति दश हजार रहेको थियो भने २०२३ मा बिरामीको प्रकोप दर ०।८१ प्रति दश हजार रहेको छ । सन् २०१० मा नेपालमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने दर ११।५ प्रतिलाख थियो भने २०२३ मा ७।८१ प्रतिलाख रहेको छ ।
कुष्ठरोगको उच्च जोखिममा रहेको बर्दियामा सबैभन्दा जोखिममा बाँसगढी नगरपालिका रहेको छ । बाँसगढीमा प्रकोपदर २।५७ प्रतिदश हजार रहेको छ भने नयाँ बिरामी पत्ता लाग्ने दर २०।५ प्रतिलाख रहेको छ ।
बर्दियामा गत आर्थिक वर्षमा ६३ नयाँ बिरामी दर्ता भएका छन् । जसमध्ये गुलरियामा सबैभन्दा बढी १५ जना, बाँसगढी र बारबर्दियामा १३–१३ जना राजापुरमा ८ जना, बढैयातालमा ६ जना, गेरुवा र ठाकुरबाबामा ३–३ जना र मधुवन नगरपालिकामा दुईजना नयाँ बिरामी फेला परेका छन् । तीमध्ये दुईजना १४ वर्षमुनिका बालक रहेका छन् ।
कुष्ठरोग निवारणका लागि जिल्ला स्वास्थ्य कार्यालयले सक्रिय बिरामी खोजपड्ताल कार्यक्रम, कुष्ठरोग रोकथाम कार्यक्रम र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।
स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले कुष्ठरोग बिरामीको प्रकोप दर १।२३ प्रतिशत रहेको बताउनु भयो । उहाँले बिरामी प्रकोप दर १ कम गर्न कुष्ठरोगका बिरामी रोज्ने र रोकथाम गर्न उपचार गर्ने बताउनु भयो । उहाँले स्वास्थ्य कार्यालयले जनचेतना मूलक कार्यक्रम पनि गर्ने गरेको बताउनु भयो ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरिया लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने गर्दछ । कुष्ठरोग माानिसबाट मानिसमा सर्ने सरुवा रोग हो । यो रोग ज्यादै कम सर्ने गर्छ । लामो समयसम्म बिरामी सम्र्पकमा आएपछि श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने भएकोले बिरामी सम्पर्कमा जाने व्यक्तिले ध्यान दिन जरुरी रहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button