Uncategorized

कुमारी बैंक ताराताल शाखामा एटिएम सुविधा सुचारु

होमेन्द्र थापा

User Rating: 1.15 ( 1 votes)

 

बर्दिया, कुमारी बैंक ताराताल शाखामा पनि एटिएम सुविधा सुचारु भएको छ । मधुवन नगरपालिका वडा न.६ तारातालमा रहेको यस शाखाले सोमवारदेखी एटिएम मसिन राखे पछि शाखामा एटिएम कार्ड मार्फत पैसा झिक्न मिल्ने भएको छ ।
ताराताल बजारमा अवस्थित बंैकले ग्राहकको माग बमोजिम यो सुविधा सुचारु गरिएको बैंकका प्रबन्धक मोहन थापाले जानकारी दिनु भयो । नेपाल राष्ट्र बैंकअन्तर्गत (क) वर्गको ईजाजतपत्र प्राप्त संस्था कुमारी बैंकले बर्दियाको गुलरिया,मधुवन, ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिकामा गरी ५ वटा शाखा संजाल गरेको छ । ठाकुरबाबा र बारबर्दिया नगरपालिका बाहेक ३ ओटा शाखामा एटिएमको सुविधा रहेको प्रबन्धक थापाले बताउनु भयो ।

यस बैंकमा ५ हजार बढी ग्राहक संख्या रहेको र ग्राहकमहानुभावको सहजताका निम्ती एटिएम सुविधाले सहयोग पुग्ने कर्जा शाखाका किरण सिंजालीले जानकारी दिनु भयो ।
साथै शाखाले आर्थिक गतिविधिको विकास र सहयोग मात्र नभएर सामाजिक क्षेत्रमा पनि विभिन्न कार्य तथा सहयोग गर्दैआईरहेको कुरा स्थानीय समाज सेवी तथा बुद्धिजिविहरुको भनाई छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button