बालबालिकाहरुलाई खेलकुद क्षेत्रमा अघि बढन सक्दो सहयोग गर्नेछु
जन्मजय तिमिल्सेना : लुम्बिनी प्रदेशसभा सदस्य

होमेन्द्र थापा
बर्दिया, लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सेनाले बलबालिकाहरुलाई खेलकुद क्षेत्रमा अघि बढन सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
सोमवार मधुवन नगरपालिकाको आयोजना तथा वडा न.१ श्री त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवाको संयोजनमा २०७९ माघ १८ गतेदेखी २३ गतेसम्म संचालन भएको चौथो मेयरकप तथा १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन समरोहमा बोल्दै तिमिल्सेनाले उक्त कुरा बताउनु भएको हो ।
समरोहको प्रमुख अतिथि तिमिल्सेनाले खेलाडी बालबालिकाहरुले मधुवनको मात्रै पहिचान दिलाएर हामी मान्नेवालाछैनौं भन्दै बर्दिया जिल्लामा चिनिने पहिचान बनाउन खेलाडीहरुलाई शुभ कामना दिनु भयो । बालबालिकाहरुले खेलकुदका माध्यमबाट बर्दिया जिल्लालाई चिनाउनका लागि अघि बढाउन आफ्नो कर्तव्य र जिम्मेवारी दुबै भएको भन्दै बलबालिकाहरुलाई खेलकुद क्षेत्रमा अघि बढन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । वहाँले खेलाडीहरुका लागि अनुशासन गहना भएकोले अनुशासन र लगनसिलता सहित खेल प्रर्दशन गरेमा एकदिन अवस्य खेलका माध्यमबाट अघि बढने हौसला प्रर्दन हुने कुरामा जोड दिनु भएको थियो । बालबालिकालाई उचित मार्ग निर्देशन गर्ने जिम्मेवारी शिक्षकको भएको हुनाले जिम्मेवार नागरिक उत्पादन गर्न विद्यालयको ठुलो भूमिका रहेको भन्दै विद्यालयबाट विधार्थीहरु बहिर निस्कदा विधार्थी उर्जावान, सिर्जनशिल, अनुशासित र नैतिकवान बनाउन शिक्षकको भूमिका रहेको तिमिल्सेनाले बताउनु भयो ।
मधुवन नगरपालिका वडा न. १ वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मिन बहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा । प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सेना, विशेष अतिथिमा मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट, नगरपालिकाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि तथा विद्यालयका प्रधानध्यापकहरुले खेल क्षेत्रका माध्यमबाट अघि बढनाका लागि बालबालिकाहरुलाई शुभ कामना दिनुभएको थियो ।
मधुवन नगरपालिका आयोजना तथा वडा न.१ श्री त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवाको संयोजनमा भएको रनिङ सिल्ड प्रतियोगितामा मधुवन नगरपालिका भित्र रहेका ३८ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्ये मा.वि.७, प्रा.वि.११, र आधारभुत ७ गरी ३० वटा विद्यालयले सहभागिता जनाएको थियो ।
चौथो मेयरकप सिल्ड त्रिभुवन मा.वि.र राष्ट्रपति एथ्लेटिक्स नमुना मा.वि.ढोढरीले हात पारेको छ । भने समापन समरोहको कार्यक्रम शिक्षक प्रभुराम चौधरीले संचालन गर्नु भएको थियो ।