
बर्दिया, प्रेस सेन्टर नेपाल, बर्दियाको बिशेष अधिवेशन सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल, बर्दियाका अध्यक्ष भिम उचै ठकुरीको अध्यक्षतामा सनीवार बसेको बिशेष अधिवेशनले समिति पुन: गठन गरेको छ ।
पुन: गठित समितिमा अध्यक्ष भिम उचै ठकुरी, उपाध्यक्ष बिक्रम कायस्ता, महिला उपाध्यक्ष माया चौधरी, सचिव टिकारा चौधरी, सहसचिव होमेन्द्र थापा, स.सहसचिव हुम कुमार चौधरी, कोषाध्यक्ष राजु नकाल क्षेत्री, सदस्यहरुमा सरोज कामत, भिम नेपाल, रावन बि.क., अनोज थारु, रामकुमारी चौधरी, शोभा कोईराला, राम बहादुर थारु, जानकी चौधरी, दिनेश ठाकुर, बिन्दु चौधरी, डम्मर बि.क.(निश्चल) सहितको समिति पुन: गठन भएको छ । साथै संगठनका मिन अधिकारी, केशव कोईराला, विनोद चन्दलाई माथिल्लो प्रदेश कमिटीमा सिफारिस गर्ने, होमेन्द्र थापालाई गुलरिया नगरपालिका ईन्चार्ज, विनोद चन्दलाई मधुवन नगरपालिका ईन्चार्ज, राजु नकाल क्षेत्रीलाई बारबर्दिया नगरपालिका ईन्चार्ज, बिक्रम कायस्तालाई राजापुर नगरपालिका ईन्चार्ज र रावन बि.क. लाई बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका ईन्चार्जको जिम्मेवारीमा सिफारिस गर्ने सर्व सहमतीबाट निणर्य भएको छ । भने बर्दिया जिल्लामा संञ्चार क्षेत्रमा महत्वपुर्ण योगदान गर्नुहुने पत्रकारहरुलाई प्रोत्साहित गर्न रु. ५ लाख बराबरको अक्षयकोष स्थापना गर्न पार्टी संग समन्वय गर्ने लगाएतको निर्णय भएको छ ।
मधुवन नगरपालिका वडा न. ६ स्थित भएको प्रेस सेन्टर नेपाल, बर्दियाको बिशेष अधिवेशन सम्पन्न पार्न प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा ( जुगल) माओवादी केन्द्रका बर्दिया ईन्चार्ज सन्त कुमार थारु, केन्द्रिय सदस्य तिलक शर्मा (हिमाल) प्रदेश सदस्य लक्ष्मि प्रसाद शर्मा, शुभद्रा चौधरी, दुर्गा बहादुर बि.क.(अविरल) प्रेस सेन्टर नेपाल निति तथा परामर्श समितिका सदस्य सुशिल लामिछाने, प्रेस सेन्टर नेपाल केन्द्रिय सचिव मेनका चौधरी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समिति नेपाल उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य मेघराज सिग्देल, प्रेस सेन्टर नेपाल, बर्दिया जिल्ला ईन्चार्ज सितल थापा, प्रेस सेन्टर नेपाल, बाँके अध्यक्ष राजेश आचार्य, अखिल नेपाल शिक्षक संगठन जिल्ला उपाध्यक्ष भक्तलक्ष्मी श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष याम नाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञ प्रसाद सापकोटा, थारु पत्रकार संघका अध्यक्ष मान बहादुर चौधरी, पर्यटन पत्रकार संघका अध्यक्ष दिपक शर्मा लगाएत प्रेस सेन्टर नेपाल, बर्दिया आबद्ध क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।