Uncategorized

पालिकाको स्थापना दिवसमा वृति मार्ग निर्देशन तथा रोजगार मेला

होमेन्द्र थापा

बर्दिया,

ठाकुरबाबा नगरपालिकाको छैठौ स्थापना दिवसमा वृति मार्ग निर्देशन तथा रोजगार मेला सम्पन्न भएको छ ।
ठाकुरबाबा नगरपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, उधोग वाणिज्य संघ, उधोग संगठन, व्यपार संघ र नेपाल सरकार तथा स्वीटजरल्याण्ड सरकारको द्धिपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सिप दोस्रो चरणको सहयोगमा सनीवार १ दिने वृति मार्ग निर्देशन तथा रोजगार मेलाको आयोजना भएको थियो ।

 

“समुन्नत ठाकुरबाबा, सबल नगरबासी” भन्ने मुल नाराको साथ ठाकुरबाबा क्षेत्रका जनशक्तिलाई स्थानीय उधोग /व्यवसाय, बैंकिङ्ग, पर्यटन, होटल व्यवसाय लगाएतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको वृति मार्ग निर्देशन तथा रोजगार मेलाको समुदघाटन लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री जन्मजय तिमिल्सिनाले गर्नु भयो ।

 

पालिकाको छैठो स्थापना दिवसको अवसरमा वृति मार्ग निर्देशन तथा रोजगार मेला, रक्त दान कार्यक्रम, हाजिरी जवाफ कार्यक्रम, सरसफाई कार्यक्रम र पुर्व जनप्रतिनिधिलाई सम्मान कार्यक्रम लगाएतका कार्यक्रमहरु गरिएको थियो । मेलामा वृति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिईने, सिप मुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी र तालिम बारे जानकारी दिईने, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरुको प्रदर्शनीको समेत स्टलहरु राखिएको थियो । भने मेलाबाट रोजगारदातालाई आवश्यक्ता अनुसारको जनशक्ति उपलब्ध हुने र रोजगारीको खोजीमा युवाशक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न मद्दत पुग्नेमा आयोजकले विश्वास लिएको छ ।

छैठौं स्थापना दिवस समारोह तथा रोजगार मेला कार्यक्रम ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालको अध्यक्षतामा भएको थियो । उक्त वृति मार्ग निर्देशन तथा रोजगार मेलालाई लुम्बिनी प्रदेश सभा सदस्य माननीय जन्मजय तिमिल्सिना, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिस्ठ, बर्दियाका विभिन्न पालिकाका प्रमुख वा उप प्रमुखहरु, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संगठनका प्रमुख वा प्रतिनिधी, समाज सेवी बुद्धिजिवीहरु लगाएत सञ्चारकर्मीहरुले समेत अवलोकन गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button