स्थानीय
नेपाल भूमिहिन, सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय महाधिवेशन बर्दियामा ।
होमेन्र्द थापा, बर्दिया

बर्दिया, नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय महाधिवेशन चैत्र २४र२५ गते बर्दियामा हुने भएको छ । बर्दियाको गुलरिया बसपार्क नजिक बगैचामा हुने संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उदघाटन गर्न प्रमुख अतिथी पुर्व प्रधानमन्त्री तथा नेकपा ऐमाले केन्द्रीय कमिटी अध्यक्ष खडग प्रसाद ओली आउने आयोजक कमिटीले जानकारी दिएको हो ।
उक्त अधिवेशनमा विभिन्न जिल्लाका गरि करिब ५ सय जना प्रतिनिधि प्रर्यवेक्षकहरुको सहभागिता रहने छ । साथै वर्दिया जिल्ला भूमिहिन, सुकुम्बासीहरुको उदगम स्थल भएकोले भूमिहिन,सुकुम्बासीका सवाल उठान गर्नको लागि पनि बर्दिया रोजाईमा परेको नेपाल भूमिहिन सुकुम्बासी संगठनका केन्द्रीय अध्यक्ष शान्ता चौधरीले आज एक पत्रकार सम्मेलन गरि जानकारी दिनु भयो ।




