स्थानीय

बर्दियामा नव निर्वाचित पालिका प्रमुखहरू द्घारा शपथग्रहण


बर्दिया,जेष्ठ, ०६ । बर्दियामा ६ नगरपालीका र २ गाउपालीकाका ८ ओटै स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुखहरूले शुक्रवार शपथग्रहण लिनु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियामा मुख्य निर्वाचन अधिकृत एवंम जिल्ला न्यायाधीश लोक जंग शाहले शुक्रवार नगरपालिकाका प्रमुख तथा गाउँपालिका अध्यक्षहरूलाई शपथ ग्रहण गराउनुको साथै प्रमाण पत्र वितरण गर्नु भएको छ ।


बर्दियाको ८ ओटा पालिका अन्तर्गत ६ नगरपालीका ,२ गाउपालीका र ७५ वडामा स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । जिल्लामा ५ पालिकामा नेपाली ,२ स्थानमा नेकपा मामओबादी र एक पालीकामा नेकपा एमाले बिजयी भएको छ ।
कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेको बर्दिया जिल्लामा ३७१ मतदान केन्द्र रहेको थियो । निर्वाचन सोहार्दपुर्ण र शान्तिपुर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्ण बहादुर कुवरले बताउनु भएको छ ।

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button