स्थानीय

राष्ट्रिय प्रतिनिधी अनिल मानन्धर बिदाई

मानव र बन्यजन्तुको अस्तित्व कायमगरी बर्दिया राष्ट्रिय निकुञ्जमा WWF कार्यक्रम २ दशकदेखी हेर्दै आउनु भएका राष्टिय प्रतिनिधी अनिल मानन्धरलाई सुक्रवार एक कार्यक्रमका बिच बर्दिया राष्ट्रिय निकुञ्जले अभिनन्दन तथा बिदाई गरेको छ । मद्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त प्रसाद आचार्यको अध्यक्षतामा आयोजित अभिनन्दन तथा बिदाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा अध्यक्ष आचार्यले मानन्धरलाई दोसल्ला ओढाई अभिनन्दन पत्र पढेर बिदाई गरेका हुन् । कार्यक्रममा बोल्दै WWF का राष्ट्रिय प्रतिनिधी अनिल मानन्धरले कुनै प्रगतिको लागी दिउसै सपना देख्नुपर्ने बताए ।

“दिउसै सपना नदेखेको भए बर्दिया राष्ट्रिय निकुञ्ज यो अवस्थामा पुग्ने थिएन ”।

उनले भने “दिउसै सपना नदेखेको भए बर्दिया राष्ट्रिय निकुञ्ज यो अवस्थामा पुग्ने थिएन”। सहयोग माग्न हात फैलाएर हैन काम फैलाएर पाइन्छ भन्ने माध्यता राख्नुपर्दछ मानन्धरले भने “बन्यजन्तु संरषणका क्षेत्रमा काम गरेर देखाएमा पैसाआउने ठाँउ तमाम छ ” । कार्यक्रममा चोरी शिकार नियन्त्रण अभियानका अध्यक्ष नेत्रराज आचार्य निकुञ्जका निमित्त बन संरक्षण अधिकृत रमेश कुमार थापा सहायक संरक्षण अधिकृत अशोक भण्डारी बिभिन्न बन्यजन्त संरक्षणमा खटिएका युवा समुहका युवायुवती संचारकर्मी लगायत सहभागी थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button