आईसीयु बेड जडानका लागि झण्डै १३ लाख सहयोग

हरिवंश पाण्डे, ठाकुरद्वारा । ठाकुरबाबा नगरपालिका वार्ड नं. २ रानिपुरमा नगरपालिका द्वारा संचालित अस्थायी कोभिड अस्पतालका लागि ठाकुरबाबा नगरपालिका भित्र स्थायी बसोबास गर्ने हाल अमेरिकामा रहँदै आएका विभिन्न व्यक्तिहरूले झण्डै १३ लाख सहयोग गरेका छन् ।
ठाकुरबाबा नगरपालिका वार्ड नं. २ रानिपुरमा रहेको कोभिड अस्थायी अस्पतालमा ३ सेट आईसीयु बेड जडानका लागि हाल अमेरिकामा बसोबास गर्ने ठाकुरबाबा नगरपालिका वार्ड नं. १ भुरीगाँउ घर भएका छविलाल लामिछाने र यसोदा लामिछानेले रु ६ लाख ११ हजार ४००, वार्ड नं. ८ सूतैया घर भएका देविराम शर्मा र रमाकुमारी शर्माले रु १ लाख १३ हजार, वार्ड नं. ३ नेउलापुर घर भएकी दीपा शर्माले १ लाख १३ हजार, वार्ड नं. ७ मोहनपुर घर भएका जोहन ढकाल र रचना ढकालले २ लाख ८२ हजार ५००, वार्ड नं. २ बालाती घर भएका टिका गौतम र गोमा गौतमले १ लाख १३ हजार र वार्ड नं. ७ मोहनपुर घर भएका भूपेन्द्र ढकाल र प्रशंसा ढकालले रु २२ हजार ६०० गरी कुल जम्मा रु १२ लाख ५५ हजार ५०० नगद रुपैया एक कार्यक्रमका बीच नगर प्रमुख घन नारायण श्रेष्ठलाई प्रदान गरेका हुन।
अध्ययन र रोजगारीको शिलशिलामा अन्य मुलकमा रहेता पनि आफ्नो नगरप्रती माया गर्दै अहिलेको यो विषम परिसथितिमा गरिएको यो सहयोग प्रसंसनीय रहेको भन्दै नगर प्रमुखले श्रेष्ठले व्यतिगत एंव सम्पूर्ण नगरको तर्फ बाट सहयोगी सबै प्रति हार्दिक धन्यबाद दिनु भयो। यो पुण्यको कार्यले नगर भित्रका कोरोना संक्रमिलागि निकै राहत पुगेको छ। सहयोगी सम्पूर्णलाई धन्यवाद सहित सम्मान गरिएको छ।



