स्थानीय

अपाङ्गतालाई खाद्यान्य तथा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

हरिवंश पाण्डे, कोहलपुर/  वैजेनाथ गाउँपालिका अन्तरगत अति विपन्न र अपाङ्ग व्यक्तिहरूलाई सिविएम को आर्थिक सहयोगमा अपाङ्ग शशक्तिकण तथा सञ्चार केन्द्रद्वारा संचालित समावेशी समुदाय परियोजना कोहलपुर बाँकेले खाद्यान्य तथा स्वास्थ्य सुरक्षा सामाग्री सेट वितरण गरेको छ। अहिलेको यस कोरोना कहरका कारण साझबिहान को खाद्यान्य जुटाउन समस्या परेका र अपाङ्गता भएका सम्बन्धित वडा एंव अपाङ्ग सञ्जालद्वारा लक्षित वर्ग छानौट गरिएका ११० जना परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ केजि नुन र १ लिटर तेल खाद्यान्य र एक/एक सेट स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको समावेशी समुदाय परियोजनाका संयोजक मान बहादुर चौधरीले बताए।

स्वास्थ्य सामाग्रीमा एक पोका प्याड, २ वटा अन्डरवर, ५ सय एम एलको एक थान सेनीटाईजर, ५० थान सर्जिकल मास्क, एक वटा टावल, दुई वटा काइयो, २ ओटा नेलकटर, नुहाउने साबुन, कपडा धुने साबुन, ब्रस मञ्जन रहेको संयोजक चौधरीले बताए। विपन्न तथा अपाङ्गता भएका परिवारलाई कोरोना महामारीका बीच गरिएको निशेधाज्ञाले उनीहरूको जीवन निर्वाह एंव स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै यो सहयोग गरिएको चौधरी बताउँछन्।

आगामी दिनमा यी र यस्ता कार्यक्रम कोहलपुर र नेपालगन्जमा समेत गरिने र स्वास्थ्य सेवा प्रदायक स्वास्थ्यकेन्द्र लाई कोभिड नियन्त्रण लक्षित सामाग्री वितरण गर्ने योजना समेत रहेको चौधरीले जानकारी दिए।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button