Uncategorized

दलित महिलाहरुलाई जातिय शोषण, लैंङ्गिक शोषण र गरिबीको शोषणबाट मुक्ति गराउनु पर्छ

होमेन्द्र थापा, बर्दिया,

समाजमा अझै पनि छुवाछुत तथा भेदभावको परम्परा कायमै रहेकोले न्युनिकरणका लागि न्यायिक समितिसंग सम्बाद कार्यक्रममा बोल्दै दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले दलित महिलाहरुलाई जातिय शोषण, लैंङ्गिक शोषण र गरिबीको शोषणबाट मुक्ति गराउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

“समग्र विकासको अवरोध, जातिय तथा लैंङ्गिक विभेद” भन्ने मुल नाराका साथ शुक्रवार बर्दियाको गुलरियामा भएको न्यायिक समितिसंग सम्बाद कार्यक्रममा सुनारले उक्त कुरा बताउनु भएको हो । दलित महिला तथा दलित संग सम्बन्धित संघ संस्थाहरुले मात्र विभेद विरुद्ध लाग्नु पर्ने बाध्यता रहेकोले गैरदलितहरुले पनि जातिय विभेदका विरुद्धमा ऐक्यवद्धता गर्न आयोजक संस्थाकी अध्यक्ष हिमा सुनारले आग्रह गर्नु भएको थियो । दलित समुदाय माथी हुने गरेको विभेद अन्त्य गर्न गैरदलितहरुको सहयोग र साथ जरुरी रहेको हुदा दलित महिला माथी हुने गरेको विभेदको बिषयमा बृहत छलफल भएको थियो ।

दलित महिला संघ बर्दियाले आयोजना गरेको कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका न्यायिक शाखाका कपिल घिमिरेले गुलरिया नगरपालिका वडा न. ६ का केही महिलाहरु घोर अन्यायको सिकार बनेको बताउनु भयो । भेदभावको परम्परा हरेक जात भित्र भए पनि मुस्लिम समुदाय भित्र रहेको तिन तलाकले मुस्लिम महिलाहरु माथी अन्याय गरेको भनाई राख्दै गुलरिया नगरपालिकामा रहेको न्यायिक समितिमा आर्थिक बर्ष २०७८/०७९ मा ४ वटा मुद्दा परेकोमा अधिकाँश महिला तथा घरेलु हिंसाका उजुरी आएको पनि घिमिरेले जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रमका सभाअध्यक्ष तथा गुलरिया नगरपालिकाका न्यायिक समिति सदस्य उर्मिला ताम्राकारले तराई भेगमा भन्दा पहाडीभेगमा बढी मात्रामा जातिय छुवाछुत तथा भेदभावको परम्परा रहेको अनुभव सुनाउनु भयो । नेपाल बारएसोसियनका उपाध्यक्ष खडानन्द तिवारीले दलित महिला मात्र नभई गैरदलितहरु पनि समस्यामा परेको बताउनु भयो । वेद पुराण कसैमा पनि विभेद गर्नु पर्छ भन्ने कुरा नलेखिएको हुदा धार्मिक अगुवाहरु संग बृहत छलफल गर्नुपर्ने आवाश्यक रहेको बताउनु भयो ।

यसै गरी कार्यक्रममा गुलरिया नगरपालिका वडा न. ५ की वडा अध्यक्ष सावित्रा गौतम, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आर्चाय, बारएसोसियनका अध्यक्ष काशी राम चौधरी, दलित महिला उत्थान संघकी खिमा बि.क.लगाएतका सहभागीहरुले दलितहरु माथी हुने गरेको अन्यायपुर्ण विभेद बारे आफ्ना भोगाई र देखाईको बारेमा अनुभवहरु राख्दै विभेद रोकथाम र न्युनीकरणका उपाय बारे पनि सल्लाहा सुझाव दिनु भएको थियो । साथै कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि र संञ्चारकर्मीहरुको पनि सहभागीता रहेको थियो ।

 

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button